मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २०:०६
वासिङटन डिसी 10:21

मेरिल्याण्डमा अनल स्मृति खुला बास्केटबल प्रतियोगिता हुने

इनेप्लिज २०७४ चैत ३ गते २३:४८ मा प्रकाशित

विजय थापा ,नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय)को आयोजना मेरिल्याण्डमा आगामी मार्च २४ तारिख अनल स्मृति खुला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

यस बर्ष सहित बास्केटबल प्रतियोगिता तेश्रो पटक आयोजना हुनेछ । कार्यक्रम स्थल मेरिल्याण्ड राज्यको गेथेसवर्ग शहरमा हुने छ हने कार्यक्रम ११ देखि ४:३० सम्म हुनेछ । मेरिल्याण्डमा आयोजना हुने उक्त खुला बास्केटबल प्रतियोगितामा ६ वटा खेल समूह हुने छन् भने २ वटा महिला बास्केटबल टोलि पनि को सहभागिता हुने छ ।

३ बर्ष अगाडी अल्पायु मै निधन भएका युवा स्व अनल को नाम बाट अनल स्मृति खुला बास्केटबल प्रतियोगिताको नामकरण गरिएको हो । गत बर्ष सहभागी भएका खेल टोलीको पनि सहभागिता हुने आयोजक तथा नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल कि सभापति सीता पाण्डेले ईनेप्लिजलाई बताईन ।

सभापति पाण्डेले सबैलाई सहभागी हुन् अनुरोध गर्दै उक्त कार्यक्रममा डिसी क्षेत्रका आधा दर्जन भन्दा ज्यादा संघ/संस्थामा महिला नेतृत्वहरु रहेकोले अतिथि तथा बिशेष अतिथिमा निमन्त्रणा गर्न सोच समेत रहेको बताईन ।

प्रतिक्रिया