सोमबार, कार्तिक ३ २०७७
काठमाडौं २१:१८
वासिङटन डिसी 11:33

सबैलाई रोजगारीको ग्यारेन्टी हुन्छ :मुख्यमन्त्री भट्ट

इनेप्लिज २०७४ चैत ३ गते १३:४५ मा प्रकाशित

बैतडी, ३ चैत : प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताउनुभएको छ ।

आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताउनुभएको हो । सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन् उहाँले भन्नुभयो “अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।”

मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उहाँले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया