शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०२:१४
वासिङटन डिसी 16:29

अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

इनेप्लिज २०७४ चैत ३ गते १०:४० मा प्रकाशित

सोल, ३ चैत : दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ ।

अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका लागि मुन सरकारले तयारी गरेको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

सम्मेलनको तयारी समितिको पहिलो बैठकपछि इमले उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई औपचारिक रुपमा प्रस्ताव गर्ने निर्णय भएको बताउनुभयो ।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरूबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ ।

उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताउनुभएको हो । यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ ।

परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि ती विषेश दूतले भेटका क्रममा कुराकानी गर्नु भएको बताइएको छ ।
नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच बैठक भएको थियो ।

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाउनुभएको थियो ।

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो छिट्टै वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।

भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा छलफल भएको थियो ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महशुस गरिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया