एनआरएन खेलकुद समितिको सल्लाहकार तथा अन्य पदमा अमेरिकाका प्रख्यात खेलाडी तथा प्रशिक्षक मनोनित

इनेप्लिज २०७४ चैत ३ गते २:५१ मा प्रकाशित

गैर आवासीय नेपाली संघको केन्द्रीय खेलकुद समितिले राष्ट्रका ख्याती प्राप्त अनुभवी खेलाडी ,नेपालको नाम बिश्वलाई चिनाउने तथा शिर उच्च पार्ने खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्दै सल्लाहकार ,संयोजक तथा सह संयोजक मनोनित गरेको छ ।

गैरआवासीय नेपाली संघले बिविध बिषयलाई महत्व दिने क्रममा निमार्ण गरेको केन्द्रीय खेलकुद समितिलाई कार्यसमितिको आज्ञाले केन्द्रीय संयोजक तथा प्रा राजु मानन्धरले पूर्णता दिएका छन् ।

उनले एनआरएन खेलकुद समितिको सल्लाहकारहरूमा अमेरिका बाट तेक्वान्दोका ग्रान्डमास्टर दिवाकर डान महर्जन तथा गिनिज बुक वल्ड रेकर्डसमा दोहोरो किर्तिमान कायम गर्ने उज्वल ठकुरीलाई मनोनित गरेका छन् ।

यसै गरि अमेरिकाबाट संयोजकमा न्यूजर्सी बसोबास गर्दै आएका सन्जिव श्रेष्ठलाई मनोनित गरेको छ । यसको न्यूयोर्क स्थित ईनटरनेसनल मार्सल आर्ट्स एसो सिएसन अमेरिका का प्रमुख प्रशिक्षक तथा पूर्व राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी शान्त ठोकरलाई सह संयोजकमा मनोनित गरिएको छ ।

यसै गरि लामो समय देखि भर्जिनिया को एचके लि एकडेमी अफ तेक्वान्दो का प्रशिक्षक ,अन्तरराष्ट्रिय तेक्वान्दो फेडेरेसन तथा वर्ल्ड तेक्वान्दो फेडेरेसन का ६ डान कृष्ण बलाल मगरलाई पनि सह संयोजकमा मनोनित गरिएको छ ।

एनआरएन खेलकुद समितिको सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर,फुटबलका भेट्रान तथा साफका गोल्ड मेडलिस्ट उमेश प्रधान, साफमा उसुतर्फ स्वर्ण पदकधारी बिनिता महर्जन पनि परेका छन् ।

प्रतिक्रिया