बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १६:४४
वासिङटन डिसी 06:59

विदेशमा नेपालीहरुको सामूहिक लगानीमा नेपालीलाई रोजगार दिउ – प्रकाश श्रेष्ठ, बाल्टिमोर मेरिल्याण्ड

इनेप्लिज २०७४ चैत २ गते २३:३१ मा प्रकाशित

हामीलाई थाहाँ छ नेपालीहरु संसारका हरेक मुलुकमा काम, अध्ययन र विभिन्न ध्येयले पुगेका छन् र आफ्नो पौरख देखाई रहेका छन् । स्वभावैले नेपालीहरु अति मिहेनेती र ईमान्दार छन् । खासगरि जापान, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, बेल्जियम, जर्मन, पोर्चुगल, नेदरल्याण्ड लगायत कतिपय मुलुकमा स-साना देखि ठुला ठुला व्यवसायहरु पनि संचालन गरेर धेरै व्यक्तीहरुलाई रोजगारी दिएका छन् ।

विशेषगरि खाडीमुलुकमा कमै नेपालीहरु आफ्नो व्यवसायमा आवद्ध रहेका छन्, प्राय श्रमिककै रुपमा श्रम बगाएर आफ्नो जन्मभूमिमा रेमिटेन्स/विप्रेषण पठाएर आफ्नो परिवार धान्ने र देश चलाउन सहयोग गरेका छन् । अर्को तर्फ जापानमा नेपालीहरुले प्रायः रेष्टुरेण्ट व्यवसाय संचालन गरेको पाईन्छ भने युरोप र अमेरिकामा रेष्टुरेण्ट व्यवसायको साथै अन्य प्रकृतीका व्यवसाय एवं सेवा क्षेत्रका व्यवसायमा समेत नेपालीहरु संलग्न रहेका छन् । विशेषगरि नेपालीहरु sole trading concern अर्थात् एकल व्यवसायमा संलग्न छन् भने केही साझेदारी व्यवसायमा पनि संलग्न भएको पाईन्छ । साथै पछिल्लो समय सहकारी स्वरुपको व्यवसाय र केही संयुक्त पूँजी कम्पनी स्वरुपको व्यवसाय एवं ईन्फरमेशन टेक्नोलोजी( IT) व्यवसायमा पनि संलग्न रहेको देखिन्छ ।

यसरी हेर्दा नेपालीहरु श्रमिकबाट क्रमश: व्यवसायिक मालिक बन्ने क्रम विस्तार हुँदैछ । तापनि यसैमा चित्त बुझाई हाल्नु पर्ने अवस्था भने छैन किनकी अझै धेरै नेपालीहरु युरोप र अमेरिकामा आफुले कमाई गरेको धनलाई सही सदुपयोग गर्न सकिरहेका छैनन् । बाध्य भएर वचत रकमलाई विना व्याज आउने चल्ती बैङ्क खातामा बर्षौ रकम राखेका छन्, उनीहरुलाई लगानी के कसरी गर्ने उचित ज्ञान दिने “ वित्तीय परामर्शदाता” को अभाव छ । भन्नुको मतलब यसरी बैङ्कमा यसै अनुत्पादक भएर फ्रिजिंग भएर बसेको पैसालाई उत्पादनमुखी बनाउन ठुलो प्रयास कहिकतैबाट भएको पाईदैन । एनआरएनए ले पनि खासै यस तर्फ विवेक पुराएर छरिएर रहेको बचत एकीकृत गरि पुँजीको रुप दिन सकिरहेको छैन ।

यसो त स-सानो निजी पारिवारिक व्यवसायको औचित्य र महत्व आफ्नो ठाउँमा छ तर यसको दायरा फराकिलो बनाएर धेरैलाई रोजगारी दिन भने संयुक्त पुँजी कम्पनी स्वरुपको व्यवसाय संचालन तर्फ अव विदेशमा बस्ने नेपालीहरुले प्रयास गर्नुपर्ने जरुरी देखिन्छ जसबाट छरिएर रहेको श्रमजीवी नेपालीहरुको वचतबाट सबैको आफ्नोत्व कायम हुनेगरि विभिन्न तवरका वस्तु एवं सेवा उत्पादन, वितरण गर्ने व्यवसायिक संस्था संचालन गर्न सकिन्छ । यसका लागी भरपर्दो नेपाली सामाजिक संस्थाले मध्यस्थता गर्नु जरुरी छ । अझै यदी सदसायता र ईमान्दार भएर काम गर्नसके हरेक देश जहाँ यस्तो सहलगानी र सहकार्यमा काम गर्न सकिन्छ, त्यो देशका एनआरएनए एनसीसीले ईनिसियटर वा मध्यस्थकर्ताको कार्य गर्न तर्फ कदम चाल्न सक्छ । यसो भएमा थोरै थोरै वचत गर्नेले पनि आफ्नो लगानी गर्ने अवसर पाउने र धेरैबाट पुँजी जुटाएर ठुलै स्केलमा संयुक्त पुँजी कम्पनी वा cooperative organisation संचालन गरि त्यसका शाखा विस्तारगरि श्रृंखला भण्डार( chain store) वा Big Franchise company को रुप दिन सकिन्छ । यो सुन्दा कतिपयलाई असंभव लाग्न सक्छ तर यो संभव छ र यसबाट धेरै विदेशमा बस्ने नेपालीले रोजगारी पाउन पनि संभव हुन्छ ।

यस्तै आज दुनियाँमा विकशित देशमा हेर्दा ९५% जनसंख्या श्रमिक र साना व्यवसायी छन् तर तिनको स्वामित्वमा जम्मा ५% सम्पत्ति छ भने जम्मा ५% मान्छेहरु ठुला कम्पनी व्यवसाय वा शिष्टमले रन हुने कर्पोपोरेशन वा वित्तीय सेक्टरमा लगानी गर्नेहरु छन् जसको स्वामित्वमा ९५% सम्पत्ति रहेको छ । यसबाट पनि प्रष्ट हुन्छ की श्रमिक बन्नुको केही परिस्कृतरुप Small Business हो, आखिर ती व्यवसायमा झन् धेरै खट्नु पर्छ व्यवसायको मालिक तर निश्चित सिस्टमले चल्ने व्यवसाय वा ठुला व्यवसायमा Employee हरु व्यवसायिक मालिकहरुका लागी कार्यरत हुन्छन्, मालिकहरु रातदिन काममा घोटिनु पर्दैन केवल राम्रो Business System Develop गरेर त्यसलाई लागु गर्न ध्यान दिए पुग्छ । त्यस्तैगरि Financial Sector मा Investment Knowledge राम्रो हुनसके Money Works for you( पैसा तपाईको लागी काम गर्छ) जसरी वारेन् बफेटहरुलाई पैसाले काम गरिरहेको छ ।

यसरी हेर्दा हामी विदेशमा बस्ने नेपालीहरु जो श्रमिक वर्ग छौ उनीहरुलाई साँच्चिकै हित हुने र उपयोगी हुनसक्ने तत्कालको व्यवसाय सबैको साझा प्रयासमा स्थापना र संचालन गर्न सकिने सीमित दायित्व र छुट्टै अस्तित्व एवं पृथक कानुनी अस्तित्व साथै कुशल व्यवस्थापनमा आधारित संयुक्त पुँजी कम्पनी अथवा नाफा भन्दा बढी सेवाप्रदायबाट संचालित cooperative organization हुन सक्छ । धेरै पुँजीको अभाव, व्यवस्थापकिय ज्ञानको अभाव, असीमित दायित्व, पृथक कानुनी प्रावधानको कमि, बढ्दो बजार प्रतिस्पर्धा एवं बढी जोखिम जस्ता कारण आम श्रमजीवीका लागी साना व्यवसाय संचालन गर्न कठिन छ भने केही व्यवसायिक दख्खल र सहजै पूँजी जुटाउन सक्ने एवं जोखिम लिन सक्नेका लागी निजी साना व्यवसाय पनि उपयोगी मानिन्छ जसबाट धेरै नेपाली व्यवसायीले सफलता हासिल गरेका छन् । यद्दपी सर्वसाधारण कम पुँजी भएका व्यक्तिहरुबाट साझा प्रयासमा व्यवसाय संचालन गर्न तर्फ पनि ध्यान केन्द्रित हुनु आवश्यक छ । आजको दुनियाँ वा विश्व बजार राजनितीबाट भन्दा पनि ठुला कर्पोरेशनबाट नियन्त्रित भईसकेको छ । यसैले यस तर्फ हामी सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया