अर्काका बृद्ध बाआमा लाई नेपाल बाट अमेरिका ल्याउन र पुर्याउन किन काउसो तथा झन्झट मान्छौ ?

इनेप्लिज २०७४ चैत २ गते १:५६ मा प्रकाशित

विजय थापा,वाशिंगटन डिसी ,छोरा छोरी ,नातिनातिनी ,भान्जा भान्जी र अन्य अनेक नातेदारहरु अमेरिकामा भएकाले नेपालमा बृद्ध समेत भएका बाआमा,हजुरबुवाहजुरआमाहरु अमेरिका आउन चाहान्छन । तर एक पटक अमेरिका पुगे हवाई जहाजको एकहोरो ,कष्टकर यात्रा पछि थाहा पाउद्छन ।

अमेरिकामा भएकाले नेपाल आएर आफ्ना बृद्ध बाआमा तथा हजुरबुवा/हजुरआमा लाई ल्याउन सदैव नसक्ने भएकोले अचेल कोही चिने जानेको मानिस संग नेपाल बाट अमेरिका या अमेरिका बाट नेपाल आफ्ना बृद्ध बाआमालाई पठाउने गर्ने प्रचलन छ ।

गोरु बेचेको साईनो समेत लगायर भए पनि आफू संगै जाने र पुर्याउन नसक्ने भए पछि गुहार मागेर भए पनि साथ अन्य संग को साथमा पठाउने गरिन्छ । नेपाली समुदायहरु यसरी पनि काम चलाई रहेका छन् । यो क्रम निरन्तरता हुने छ ।

आफु एक्लै आउँदा कोहि छैन भने आफ्नै माता पिता या हजुरबुवा या हजुरआमा सरह मानिसलाई नेपालबाट अमेरिका या अमेरिकाबाट नेपाल ल्याउन भने कुनै ठुलो कुरै भएन । जो कसैले पनि गर्छन । हामीले पनि गरेका छौ ।

ल्याउन किन झन्झट मान्ने ,आफूले बोक्नु पर्ने हैन केवल अंग्रेजी को समस्या हुने बृद्धहरुलाई अलिकति मात्र हेरचाह गर्यो भने पुग्दछ । केवल सहारा दिए मात्र पनि हुन्छ । अमेरिका प्रवेश गर्दा अध्यागमन बिभागले बृद्ध देख्ने बित्तिकै ज्यादै सरल र मिजास संग काम गरि दिन्छन ।

तर कुरा त्यसो हुदैन । अमेरिका बाट नेपाल जाँदा कसै कसैलाई आफ्नो शरीर त भारी भै रहेको समयमा फेरी बृद्ध संग यात्रा गर्दा जहँ झन्झट मान्ने पनि मानिस हुन्छन । म सक्दिन पनि भन्न सकिन्छ । या माफ गर्नु होला म अन्य बाटो हुदै जादै छु भनेर पनि कुरा टाल्न सकिन्छ ।

भर पर्दो मानिस भनेर पठाउदा ,कैयौ घटना यस्ता घटेका छन् जसको कारण हामी सबैले यस बिषयमा सोच्नै पर्छ । किशोर किशोरीलाई अमेरिका संगै साथ लगाएर पठाएको मानिसले गर्दा अन्य देशमा हवाई जहाज छुटेर अमेरिकामा मातापिताको रुवाबासी पनि भएको छ ।

अर्को भरपर्दो मानिस कहिले नआएको मानिस पठाउदा सोधपुछ गर्नु त् परै जाओस बोल्छन भने र्तार्किने नेपालीहरु पनि अमेरिकामा बस्दछन । कुरा बिश्वास को हो ? सक्दिन भनेर स्पष्ट भन्ने गर्नु पर्छ । कुनै पनि नचिनेको मानिस संग कहिले पनि यस्ता बृद्ध मानिसलाई न पठाउनु नै उत्तम हुन्छ ।

लग्ने मानिसले बिरामी बुवाआमा हुन् कि आफु फसिन्छ कि भन्ने पनि डर हुन्छ । यस्ता पनि घटना भएका छन् । किनभने आफूले चिने जानेको भए राम्रो हुन्छ तर नचिनेको र गोरु बेचेको साइनो भएको संग कहिले पठाउनु हुदैन । किनभने बरु समय पर्खेर भएता पनि पारिवारिक सम्बन्ध भएका आवत जावत हुने परिवार संग का मानिस संग अमेरिका बाट नेपाल या नेपाल बाट अमरिका ल्याउनु पर्छ ।

मानिस लाई दुख दिनु हुदैन । अमेरिकाबाट नेपाल को यात्रा धेरै लामो भएकोले मानिस यात्रामा झन्झट मान्दछन । स्वतन्त्र रुपमा एकल यात्रा गर्न मन पराउने पनि हुनाले अरु कोही आई लाग्दा काउसो लागे झैँ तर्सिने मानिस पनि हुन्छन ।

कुरा स्पष्ट रुपमा भन्नु पर्दा बृद्ध माता पिता या हजुरबुवा या हजुर मुवा लाई आफु य आफ्ना परिवार भित्रका मानिसले ल्याउनु पर्छ । नत्र घरमा आवत जावत गर्ने या नजदिक को साइनो या कुटुम्ब ,मामा ,काका ,भिनाजु ,साली ,साला ,भान्जा ,भान्जी आदि ईत्यादी प्रकारका मानिसलाई साथमा लगाएर पठाउनु नै राम्रो हुनेछ ।

आफ्नो मानिस आउने र ल्याउने हो भने आफू नै तयार हुँदा राम्रो हुन्छ । कहिले काही अरुलाई त्यति मतलव पनि नहुने हुनाले समय पर्खेर भए पनि बिस्वसिलो भरपर्दो मानिस संग साथ लगाउन सके बुद्धिमानी हुन्छ ।

अमेरिकामा यात्रा अभिकर्ता (ट्राभल एजेन्सी ) खोलेर बसेकाले भने हामी नेपाल जाँदा या अमेरिका आउँदा दर्जनौ मानिसलाई ल्याउने गर्छौ भने । उनले अगाडी भने आफूले केही गर्नु पर्ने हैन केवल बोले मात्र र ठिक छ हैन भने पनि पुग्छ भने कुरा गरे ।

केही समय अगाडि यसै गरी अमेरिका बाट नेपाल जाँदा बीच बाटोमा नै बृद्ध को मृत्यु भएको पनि छ । यस्तो बेलामा किन ल्याए छु भन्ने लाग्दछ । दशा लागेर ल्याए छु भन्ने भान हुन्छ ।

यसै गरि बृद्ध हरुलाई बाटोमा अक्सिजन को कमि हुने र भय पनि हुने हुनाले मानिस संगै लिएर हिड्न मन पराउदैन । तर पनि यो प्रचलन निक्कै चलेको छ । हरेकले कोही न कोही बृद्ध ल्याउने पनि गर्छन । बृद्ध मात्र हैन ,अन्य पनि ल्याउदछ्न ।

नेपाल जाने या अमेरिका आउने नेपाली समुदायले यसरी आफ्ना मात्र हैन साथीभाई ,छर छिमेक ,आफन्त तथा नचिनेका लाई पनि ल्याउने गरि रहेका छन् । तर पनि पठाउने ले विश्वास गर्नु पर्यो । र लानेले पनि आफ्नै माता पिता झैँ सम्झी केही परेमा हेरचाह मात्र गरे ठुलो उपकार तथा एक प्रकारको सेवा नै हुन्छ ।

कसैले पनि झन्झट नमानौ । आफू लाई पर्दैन भने नसोचौ । किनभने आफुलाई पनि त्यस्तै आई लाग्न सक्छ । तर जे भने पनि आफू ले चाजो पाजो मिलाएर ल्याउने र पुर्याउने गरौ । अरुको भर र विश्वास भन्दा पनि आफैले अरुलाई किन दुख दिनु भन्दै आफै तयार हौ । तर लाने ले काउसो झैँ चाही नगरौ ।

प्रतिक्रिया