नेपाल आईडल-२ मा रीमासंगै यी नायकले गर्देछन् होस्ट, जजहरु पनि परिवर्तन भए ?

इनेप्लिज २०७४ चैत १ गते २२:३३ मा प्रकाशित
नेपाल आइडलको सजिन २ का कार्यक्रम संञ्चालकहरु परिवर्तन भएका छन् । देशकै प्रतष्ठित गायन रियालीति शो  “नेपाल आईडल” को दोस्रो संस्करणको पनि तयारी सुरु भईसकेको छ । एपिवान टेलिभिजनले भित्राएको दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् । “नेपाल आईडल २” को होस्ट यसअघिकी प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय ‘२ रुपैयाँ’ बाट चर्चामा आएका नायक आशिफ शाहले होस्ट गर्ने भएका हुन् ।
‘नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशिल नेपाल अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा ब्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् । ६ महिनाको लागि अनुबन्धित भएका उनले राम्रै पारिश्रृमिक लिएको पनि चर्चा छ ।
आशिफ यतिबेला डामाडोल चलचित्रको स्क्रिप्ट लेखन कार्यमा व्यस्त रहेका छन् । “नेपाल आईडल २” को अडिसन भने चैत्र ६ गते भैरहवा ,चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौँडा, बैशाख ८ गते धरान र बैशाख १४ गते पोखरामा हुनेछ । उता प्रस्तोताहरु फाईनल भएपनि “नेपाल आईडल २” का जजहरुको बारेमा भने केही खुलाईएको छैन् ।

प्रतिक्रिया