आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १३:५४
वासिङटन डिसी 04:09

देशको भविश्यलाई अन्धकार बनाउन हुँदैन : थापा

इनेप्लिज २०७४ चैत १ गते १४:५७ मा प्रकाशित

काठमाडौं, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई विकासको बाटोमा अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘मुलुकमा अनावश्यक अस्थिरता र अराजकता सिर्जना गरेर देशको भविश्यलाई अन्धकार बनाउन हुँदैन’–भने ।

कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले प्रेस स्वतन्त्रता कायम रह्यो भनेमात्रै लोकतन्त्र सुदृढ हुने भन्दै संसदबाट प्रेस स्वतन्त्रताविरोधी कुनैपनि ऐन, नियम बन्न नदिने बताए ।

प्रतिक्रिया