‘खिचडी’ सार्वजनिक

इनेप्लिज २०७४ चैत १ गते १३:४९ मा प्रकाशित

काठमाडौं, १ चैत: पूर्व प्रशासक मदनदेव आचार्यद्वारा लिखित ‘खिचडी’ पुस्तक आज सार्वजनिक गरिएको छ । 

पुस्तकमा प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धि, अमेरिका, व्यापार, बेलायती महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अस्पताल, अदालत, दूताबास, र परराष्ट्र सम्बन्धी ३२ विषय समेटिएका छन् ।

पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लेखक आचार्य, पत्रकार टंक पन्त, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

सो अवसरमा पत्रकार पन्तले पुस्तकमा राजनीति र प्रशासन क्षेत्रमा अपारदर्शी विषयका बारेमा प्रकाश पारिएको जानकारी दिनुभयो ।

घोष्ट राइटिङ नेपालका अध्यक्ष ढकालले पुस्तक पठनीय भएको बताउनुभयो ।

घोष्टराइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक ३३४ पृष्ठको छ भने मूल्य रु ३७५ रहेको छ । संस्थाले हालसम्म १५० थरीका पुस्तक प्रकाशन गरीसकेको छ ।

प्रतिक्रिया