नेपालको अध्यागमन सुरक्षामा अमेरीकाको चासो

इनेप्लिज २०७४ चैत १ गते १०:४१ मा प्रकाशित
 

काठमाडौँ, १ चैत । गृहमन्त्री रामबहादुर थापा (बादल) र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको थियो ।भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरीकाबीच ७० वर्षअघिदेखि कुटनीतिक सम्बन्ध रहीआएको बताउँदै यो अवधीमा दुईदेशका बीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए । उनले नेपालको विकास तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतकका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए ।

अमेरीकी राजदूत टपलेजले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिइन् । राजदुतले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेकी थिइन् ।

यस्तै अध्यागमन सुरक्षा सम्बन्धी विषयमा अमेरीकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरीकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने लगायतका विषयमा कुरा राखेकी थिइन् । मन्त्री थापाले ति विषयहरु मन्त्रालयले अध्ययन गरीरहेको र सोही आधारमा भविष्यमा निर्णय लिईने जानकारी गराए ।

 

प्रतिक्रिया