शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०३:०६
वासिङटन डिसी 17:21

नेपालकी नब निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू लाई हार्दिक बधाई तथा पूर्ण सफल कार्यकालको लागि शुभकामना !

इनेप्लिज २०७४ फागुन ३० गते २२:२० मा प्रकाशित

नेपालको राष्ट्रीय एकताको प्रबर्धन गर्ने , लागु संबिधानको पालन र संरक्षण गर्ने ज़िम्मेबारि र कर्तब्य बोकेको साथै सबै नेपाली जनताको पहिलो र प्रमुख संरक्षक तथा अभिभावकको भूमिकामा सम्पूर्ण नेपालीहरूको एकताको प्रतिकको रूपमा रहेको नेपालको सर्बौच्च पद राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनु भएको छ । उहॉ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो तथा नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहॉ नेपालको पहिलो महिला राष्ट्रपति पनि हुनुहुन्छ ।

हाल लागु भईरहेको नयॉ संबिधान कार्वान्वयनको श्रृंखलामा पर्ने राष्ट्रपतिको यो निर्बाचन नेपालको ईतिहासमा पहिलो पटक मतभार प्रणाली अनुसार संघिय र प्रदेशको सभासदहरूले मतदान गरि दुई तिहाई भन्दा पनि बढ़ी मत प्राप्तीको साथ नेपालको राष्ट्रपति पदमा निर्बाचित हुनु भएकोमा विद्यादेवी भण्डारी ज्यू लाई संबिधान र संघिय क़ानूनले तोके बमोजिम संबिधानको पालन र संरक्षण गर्न र राष्ट्रीय एकताको प्रबर्धन गर्न हरपल सफल रहनुहोस् भन्ने शुभकामना दिन चाहन्छौ ।

यसको साथै दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नु हुने नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( NASeA) को तर्फबाट हामि हार्दिक बधाई ज्ञापन गर्दै तपाईको पूर्ण सफल कार्यकालको लागि पनि हार्दिक मंगलमय शुभकामना टक्रयाउंदछौ ।

धन्यबाद !

माधब ढकाल
अध्यक्ष , नासा

कृष्ण श्रेष्ठ
महासचिब, नासा
१४ मार्च २०१८

प्रतिक्रिया