देश शोकमा डुबेको बेला यस्तो मार्मिक गित सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो नीलमणिले (भिडियो)

इनेप्लिज २०७४ फागुन ३० गते १०:४१ मा प्रकाशित

यूएस बंगला बिमान दुर्घटना हुँदा २२ नेपाली सहित ४९ जनाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन् । घाईते मध्ये ११ नेपाली रहेको र अधिकांशको अवस्था चिन्ताजनक छ । मृत्यु हुने २२ नेपाली मध्ये १३ जना बंगलादेशमा डाक्टर पढ्न गएका बिद्यार्थी रहेको थाहा हुन आएको छ । डाक्टर बनेर देशको सेवा गर्ने सोचका साथ बिदेशी भूमीमा गएका नेपाली बिद्यार्थीहरु आफ्नै घर फर्कदा आफ्नै देशको बिमानस्थलमा ज्यान गुमाउन पुगेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा चालक दल सहित ७१ यात्रु बोकेर बंगलादेशको ढाकाबाट काठ्माण्डौं आउँदै गरेको बिमान धावन मार्गमा दुर्घटना भएको थियो । नामको अगाडी डाक्टर लेख्नु पर्ने १३ जना होनाहार युवा युवतीहरुलाई क्षण भरमै स्वर्गीए लेख्नु परेको पीडा आम नेपालीहरुमा छ । बिदेशी भूमीमा लाखौ ऋण खोजेर पढ्न पाएको सन्तान घर फर्कदा मृत्यु भएको खबरले परिवारमात्र होईन सिंगो देश शोकमा डुबेको छ । यसै सन्दर्भमा लोक गायक र रचनाकार, संगीतकार निलमनी भण्डारी ज्युले लाइव भिडियो मार्फत एकदमै देश शोकमा डुबेको बेला यस्तो मार्मिक गित सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो : हेरौ उक्त भिडियो यस्तो छ !!

प्रतिक्रिया