बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १६:३१
वासिङटन डिसी 06:46

गृह मन्त्रालयको प्रवक्ता फेरिए

इनेप्लिज २०७४ फागुन ३० गते ८:५६ मा प्रकाशित

३० फागुन, काठमाडौं । गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् ।राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका रामकृष्ण सुवेदीलाई गृह प्रवक्ता नियुक्त गरिएको हो ।

 

सुवेदीले बुधबारदेखि नै गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ ।

प्रतिक्रिया