बाल्टीमोरबासीको सपना “सामुदायिक भवन” वा “मन्दिर” ?

इनेप्लिज २०७४ फागुन ३० गते १:४५ मा प्रकाशित

महेश भट्टराई ,कोलम्बिया ,बाना बाल्टीमोरको पुरानो संस्था ! संस्था आफैमा खराब कहिल्यै हुदैन । नेतृत्बको कमि कमजोरी कै कारण लगभग बिलयमान हुन गै रहेको बाना आज जोगिएको छ ।

बानाले बाल्टिमोरबासी लाई देखाएको सामुदायिक भवनको सपना पुरा नभए पछि एनआरएन मेरिल्याण्ड च्याप्टरले सामुदायिक भवन बनाउने काम अघि वढाउन टाउनहल मिटिड गरे संगै सबै नेतृत्व एकैपटक तातिए । उक्त मिटिड फरक फरक धारणाका साथ केहि कडै छलफल भयो । सबैको आसय बाना र एनआरएन मिलेरै बनाउनु पर्छ भन्ने नै थियो । तेहि जनादेश लाई मानेर वा चुनाबको तातो लागेर होला हो बाना ,एनआरएन र समुदायका सबै संघ संस्थाका प्रतिनिधी मिलेर नया संस्था नेपाली कम्युनिटी सेन्टर एनसीसीको जन्म गरियो ।

के होला र कसरी अगाडी बढ्ला भन्ने द्दिबिधा र भ्रम चिर्दै एनआरएन र बाना का दुबै अध्यक्ष्यले संयुक्त बक्त्तब्य निकाली सबै संघ संस्थाहरूलाई समेटेर लैजाने प्रतिबद्धता ब्यक्त समेत गरियो । दुई चार बैठक भए र मिठा तिता कुरा भए, सपना देखाइयो । बाना र एनआरएन चुनाब सकिए पछि संस्थाको नेतृत्व पनि सकियो । नेतृत्वको आ -आफ्नै अहंमकारले एनसीसी आफै सकियो ।

यस्तै धेरै तितो अनुभव देखिरहेका र भोगिरहेका केहि उत्साही युवाहरूको समुहले बाल्टीमोरमा मन्दिर बनाउने कार्य अघि बढाए । शुरूमा सानो ठाऊ किन्ने निर्णय भएता पनि भगवानको आशिर्बाद नै मान्नु पर्छ एकतिस रोपनीको महल सहितको स्वंयम्भुको डाडो नै हात पर्यो ।

शुरूमा एकातिर मन्दिर अर्कोतिर सामुदायिक भवन दुबै बन्ने कुराले केहि बाल्टीमोरबासी निक्कै उत्साहित देखिए । जब कुरो पैसाको आयो तब बाल्टीमोरबासी दुई समुहमा बिभक्त भए ।

मन्दिर समुहका युवाहरूको तर्क रह्यो – नेतृत्व बर्गहरू धेरै नै स्बार्थी र पद लोलुप मै अल्झी रहे यीनिहरू बाट केहि काम हुन सक्दैन र गर्दैनन पनि । यीनीहरूको नियत र इमान्दारितामा नै खोट छ । खोट देख्नेहरू संग सहमत हुने हरू नेतृत्वमा उत्रे । भगवानमा प्रति आस्था र विस्वास हुने हरूले यीनै युवाहरू लाई साथ दिए । मन्दिरलाई पूर्ण रूप दिन मर्मत संभार र मुर्ति ब्यबस्थापनमा स्यंमसेबक हरू लागि परेका छन । निकट भबिष्यमा महायज्ञ गरि थप रकम संकलन गर्ने घोषणा भै सकेको छ ।

वानामा पनि नया नेतृत्व चयन संगै जसरी पनि समुदायिक भवन बनाउनु पर्छ भनेर लाग्यो ।मन्दिर समुह संगको ईश्या र प्रतिस्प्रधा ले पनि केहि थप उर्जा थप्यो ।पुरानो र सानो भए पनि भवन किनि छाड्यो । कम्तिमा आफ्नो अफिस वा ५०-६० जना भेला हुने ठाऊ बन्यो । यसलाई कतिले खुला हृदयले नै प्रशंशा गरे । थप रकम संकलन गर्ने काम जोडतोडका साथ भै रहेको छ ।

भगवानको आशिर्बाद, मान, सम्मान खाएर पनि पुराना बोल कबोल गरेका समाजसेबी हरू बाट रकम उठ्न धौ धौ पर्यो ।सामुदायिक भवन र मन्दिर संयुक्त बन्ने सर्तमा कबोल गरेकोले मिलेर गएमा दिने उहाहरूको भनाई छ । हालै राफल चिट्टा बाट थप रकम संकलन गर्ने प्रयास गरेको छ ।

समुदायको कुरा :

धेरै समुदायबासीको चाहना र आबस्यकता भनेको ३००-४०० अट्ने सामुदायिक भवनको नै थियो ।मन्दिरको क्षेत्रफल ३१ रोपनी जंग्गामा एउटा कुनामा सामुदायिक भवन किन अट्न सकेन ? मन किन खुल्न वा खुलाउन सकिएन ? त्यो बाकि जग्गाको सदुपयोग के का लागि ? मनै भित्रबाट ब्यापक छलफल किन गरिएन ? आखिर मन्दिर वा सामुदायिक भवन दुबैमा पैसा त हामी बाल्टीमोरबासी कै गएको छ ।ऋणी त बाल्टिमोर बासी लाई नै बनाइएको छ । यदि दुबै मिलेर बनाएको भए ..! दुबै हाम्रै सामुदायिक संम्पत्ती नै त हो ।दुर्भाग्य समुदायको पैसा दुई भागमा बिभक्त भयो ।

किन नेतृत्ववर्ग र अन्य संघसंस्थाका प्रतिनिधी र बुद्दिजीबीहरू मरिचझै खुम्चेर बसि रहे ? किन कोहि खुलेर बोलेनन ? चुइक्क सम्म बोल्न सकेनन ? वा चाहेनन ?

कुनै पनि कार्यक्रममा मंन्चमा सधै बिराजमान हुने, खादा लगाउने, ठुला ठुला भाषण दिने, संघ सस्थाका प्रतिनिधीहरू को मुखमा दहि किन जम्यो ? सधै भरि कार्यक्रममा आफ्नो नाम कुरेर बस्नेहरू बोल्नु र मिलाउनु पर्ने बेलामा लुकेर बसे ।

यीनै महानुभावहरू लाई जुन सुकै कार्यक्रममा जादा उध्घोषकले समाजसेबी, बुद्दिजीबी, संस्थाको अध्यक्ष्य, भु पु …. भनेर बोलाएको सुन्दा म भने आफै लाजले भुतुक्कै हुदै आखाहरू बन्द गर्न, कानहरू थुन्न र शिर निहुराउन मन लाग्छ ।

यो अबस्था रातारात आएको हुदै होइन।नेतृत्व लिने संबैले आफ्नो कमी कमजोरी र उत्तरदायित्ब को भाग लिनै पर्छ । इतिहास कसैले मेटाएर मेटिदैन ।

एक पक्षको आरोप:

हामी लाई मन्दिर चाहिएकै हैन । वरिपरी छ्यापछाप्ती हिन्दु मन्दिरहरू छन । आखिर भगवान त सबैका साझा नै होइन र ! जुन मन्दिरमा गए नि पुज्ने त भगवान नै हो । ३१ रोपनी जग्गा भए पनि आखिर हामीलाई चाहिने र प्रयोग गर्ने त एक रोपनी मात्र हो । भबिष्यमा यो संचालन र अनावस्यक ठुलो ठाऊको मर्मत संभार र कर तिर्न गारो छ । यो भजन किर्तन गर्नेहरूको समुह हो ! जग्गा प्रयाप्त भएर पनि समुदायिक भवन बारे चासो दिइएन ।

अर्को पक्षको आरोप:

बानाले पनि रिसको झोकले बिस बाइस पार्किड मात्र भएको र ५०-६० मानिस अट्ने पुरानो भवन लियो । जुन अफिस र मिटिडको लागि ठिकै भए पनि सामुदायिक भवन हुनै सक्दैन । महायज्ञमा कबोल गरेको रकम पनि केहि कबोल गर्नेहरूले ठुलो सामुदायिक भवनको लागि बोलेको हुनाले र दुई समुहमा बिभक्त भएकाले उठ्न सकेन। बाना सधै केहि मानिसहरूको पेवा र उनिहरूकै निर्देशनमा चलिरयो । बाना टाउसनबासी हरूको क्लव हो । यो मेरिल्यान्डबासीको हुनै सक्दैन । बानाले आज सम्म देखाएको सामुदायिक भवनको सपना तुहाई दियो ।

तेस्रो पक्षको भनाई :दुबै समुहले बाल्टिमोरबासी लाई दुई भागमा बिभक्त गरे । बाल्टीमोरबासी लाई दुबै तिर बाट ऋण बोकाउने काम भयो । कुनै पनि कार्यक्रममा गयो भने पैसा मागेर पिलो निचोरे झै निचोर्ने काम गर्छन । एक लाई दिए अर्को रिसाउने, एउटा कार्यक्रममा गए अर्को रिसाउने गर्छन।

हाम्रो आबस्यकता ३१ रोपनी गाई चराउने जंगलमा मेसन वा ४०-५० अट्ने गाई बाध्ने टहरो दुबै थिएन भन्नेहरू पनि छन । दुबै पक्ष एक अर्कलाई भित्र भित्रै सैताको रूपमा हेर्छन ।

दुबै समुहमा पैसा दिने र हुनेहरू कै राज,इज्जत र हैकम चल्छ भन्छन । दुबै समुहमा केहि मानिसहरूको निजी स्वार्थ बाट संचालित भएको आरोप लगाउछन । केहि नेतृत्व बर्ग र बुद्दिजीबी भनाउने हरूको अहंमकार,उच्च महत्वकांक्षा र अदुरदर्शिताको कारण यस्तो हुन गयो ।

हालै भएका दुई चार कार्यक्रममा पनि भएको बाना भवन प्रयोग नगरिनु अर्को बिडम्बना । समुदायको चाहना सामुदायिक भवन थियो र छ ।

करिब बिस हजार नेपाली जनसंख्या भएको ठाऊमा सधै जुन सुकै कार्यक्रममा पनि तिनै मानिस भेटिन्छन । तिनै मानिसहरू मंन्चमा बस्छन र सधै तिनैले तेहि भाषण गर्छन । किन दुबै समुहमा करिब दुई तिन सय परिबारले मात्रले सहयोग गरे होला ? पचास सय जति सक्रिय होलान ।

कता गए वा कहा छन वा किन सहयोग गर्दैनन त १८-२० हजार बाल्टिमोरबासी नेपालीहरू ? न त कुनै पनि कार्यक्रममा नै सहभागी हुन्छन । खोजीनिती, समिक्षा र आफै लाई मुल्याकंन गर्न पर्दैन । आज हामी करिब तिन तिन लाख ऋण चुक्ताको लागि भौतारिनु परेको छ र हात फैलाउनु परेको छ ।

जे होस हामी धेरै अगाडि बढी सकेका छौ । केहि सहयोग गर्न सकिदैन भने कसैले कसैको खुट्टा तान्ने काम नगरौ । कुरा काट्न र भाषण गर्न जति सजिलो छ, काम गर्न सजिलो भने पक्कै छैन र हुदैन पनि । सबैले काम स्बयसेबको रूपमा नै गर्ने हो ।गर्नेको आदर सम्मान गर्नै पर्छ । दुई चार जनाले आफ्नै काधमा ऋण बोकेर हिडिरहेको अबस्था छ । ।

असल र राम्रो कामको लागि स्वच्छ्य प्रतिस्प्रर्धा हुनु राम्रो कुरा हो। हाम्रोलाई राम्रो नभै राम्रोलाई राम्रो भन्ने हिम्मत र सोच्ने मानसिकताको बिकास सबैमा हुन सकोस ।

सकारात्मक सोच राख्नेहरूको लागि मन्दिर र भवन दुबै हातमा लड्डु नै हो । दुबै हाम्रो सामुदायिक संम्पत्ती हो । दुबैलाई सहयोग र सम्मान गरौ । दिर्घकालिन योजनाको रूपमा ४००-५०० अट्ने सामुदायिक भवन मन्दिरको जग्गामा नै एक भएर बनाउने सोच र सपना सबैले देख्न भने नछोडौ। हामी मेरिल्यान्डबासीको सुनौलो भबिष्य कोरिन सफलता मिलोस !

सबैलाई शुभकामना !!!

प्रतिक्रिया