लोचन मान श्रेष्ठ को लघु चलचित्र प्रतिबिम्ब को छायाँकन नेपालमा सम्पन्न

इनेप्लिज २०७४ फागुन २९ गते २३:२२ मा प्रकाशित

विजय थापा ,तीन दशक देखि सानो पर्दा तथा अनेकौ नेपाली धाराबाहिक लघु दूरचलचित्रमा ख्याती कमाएका निर्देशक लोचन मान श्रेष्ठ को लघु चलचित्र प्रतिबिम्ब को छायाँकन नेपालमा सम्पन्न भएको छ । बिदेशमा रहेता पनि ३० बर्ष देखि आफु जुन क्षेत्रमा समय बिताएको र आफुले जानेको कुरालाई निरन्तरता दिदै श्रेष्ठ नेपाल पुगेर अमेरिका पुन: फर्केका छन् ।

उनले निर्माण गरेको उक्त लघु चलचित्र प्रतिबिम्ब १२- १५ मिनेट को रहने छन् भने नेपाली भाषामा निर्माण तथा निर्देशन गरिएको उक्त लघु चलचित्र को उप शिर्षक मा अंग्रेजी मा पनि हुने भएको छ । छायांकन काठमाडौँमा गरिएको छ भने महिला बिषय वस्तु माथि मुख्य रुपमा केन्द्रित गरिएको छ उक्त लघु चलचित्रमा नेपालि चलचित्र तथा सयौ लघु नाटक ,रंगमंचमा अभिनय गरि सकेकी सशक्त नायिका तथा वरिष्ट कलाकार सूर्यमाला शर्मा खनाल को एकल भूमिका रहेको छ ।

यसको साथै उनलाई बालकलाकारले साथ दिएका छन् भने यो लघु चलचित्रको छायाँकन बिशेष गरि नयाँ प्रविधि तथा अत्याधुनिक उपकरण प्रयोगमा ल्याइएको छ । रेड एपिक नामक चित्रग्रहिणी (क्यामरा) को साथै पूर्ण ४ रिजोलुसन को प्रयोग लामो समय देखि काम गर्दै आएका करुण थापाले गरेका छन् ।

महिलाको गाथा को निर्देशन लोचन मान श्रेष्ठ ले गरेका छन् । नेपाल टेलिभिजन बाट प्रसारित हत्तेरिका र होश प्रसाद रहेछु भन्ने साप्ताहिक धारावाहिकमा निर्देशन गरेका श्रेष्ठ ले यो लघु चलचित्र अन्तर राष्ट्रिय चलचित्र महोत्सवको लागि निर्माण गरेको ईनेप्लिजलाई बताए ।

यस लघु चलचित्रमा उत्पादन प्रवन्धक हृदय मान श्रेष्ठ हुन् भने संबाद लोचन मान श्रेष्ठ तथा करुण थापाले दिएका छन् । यसै गरि ध्वनि सम्मिश्रण सुनय मान श्रेष्ठ ले गरेका छन् भने सम्पादन तथा भीएफएक्स करुण थापाले दिएका छन् ।

यसै गरि चित्र गृहिणी (क्यामरा ) सुरेश राज मानन्धर ले गरेका छन् । कथा पठकथा तथा निर्देशन लोचन मान श्रेष्ठ को रहेको छ ।

प्रतिक्रिया