हेर्नुस् कोरिया माथि नेपालीको कति ठुलो योगदान छ, नेपाली यसो भने कोरियाली राजदुतले

इनेप्लिज २०७४ फागुन २९ गते २१:२९ मा प्रकाशित
पोखरा, २९ फाल्गुन
नेपालका लागी कोरियाली राजदुत पार्क योङ सिकले इपिएस मार्फत कोरीया पुगेका नेपालीहरुको मेहनत तथा परिश्रमले कोरियाली अर्थतन्त्रमा निकै ठुलो योगदान गरिरहेको बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालका ४० लाख युवाहरु विदेशमा रहेको र उनिहरुको अवस्था अनुमान गरिए जस्तो अरामदायी नभएको बताए । 
 
तर, कोरियामा रहेका ३० हजार नेपालीहरुको अवस्था अर्थोपार्जनका दृष्किोणले अन्य मुलुकमा रहेकाहरुको जस्तो नरहेको उनले बताए । करिब १० हजार युवाहरु कोरियाबाट फर्किकन नेपाल मै व्यापार तथा विभिन्न खाले व्यावसायमा आवद्ध रहेका पाईएकामा उनले खुसि समेत व्यक्त गरे । नेपाल सरकारले युवाहरुलाई स्वदेस मै रोजगारी प्रदान गर्ने खालका नयाँ आयामहरुको खोजि गर्नु पर्नेमा उनले जोड दिए । 
 
ईपिएस कोरिया शाखाका निर्देशक किम कि—वकले अघिल्लो वर्ष १० हजार २ सयलाई मौका दिईएकामा यसवर्ष भने ७ हजार १ सयको मात्र कोटा रहेको जनाकारी दिए । निकै मेहनेति रहेका बताएका उनले नेपालीहरुमा भाषा ज्ञानको दर समेत तिव्र रहेकाले रोजगारदाताहरुको रोजाईमा पर्ने गरेको बताए । कोरियन रोजगारदाताहरुले अनुभवि, सिपालु र जाँगरिला कामदारहरु छनौट गर्ने हुदाँ सोही अनुसारको परिश्रमलाई व्यावहारीक बनाउन उनले सुझाव समेत दिए । कोरियामा पनि बेरोजगार युवाहरु रहेको बताएका उनले कृषी र औद्योगिक क्षेत्र दुवैमा कठिनाईहरु विद्यमान रहेको उल्लेख गरे । 
 
यसपाली कोरियन भाषा परिक्षा काठमाण्डुका अलवा पोखरामा पनि हुने भएकाले समयमा नै आवेदन भर्न अधिकारीहरुले आग्रह गरेका छन् । उनिहरुका अनुसार यसवर्ष पोखरामा १२ हजार जनाले परिक्षा दिन पाउने व्यवस्था मिलाईदैछ । कार्यक्रममा कोरियन भाषा शिक्षण गर्ने विभिन्न कन्सल्टेन्सी र भाषा परिक्षाको तयारी गरिरहेका सयौ युवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया