सुशासन र समृद्धि हाम्रो प्राथमिकताः मुख्यमन्त्री राई

इनेप्लिज २०७४ फागुन २६ गते १४:२५ मा प्रकाशित

काठमाडौँ, २६ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिकोे बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“प्रदेश नं १ मा ठूला÷ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर रूपमा छलफल गरेर अगाडि बढनुपर्ने हुन्छ”–मुख्यमन्त्री राईले भन्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिला जनताको भावनाअनुरूप सबैको सल्लाह र सुझावको आधारमा प्रदेश नं १ को स्थायी राजधानी र नामाकरण गरिने बताउँदै मिडियालाई कुनै पनि बहानामा अंकुश लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो पटक कान्तिपुर दैनिक र सर्वोच्च अदालतबीच भएको मुद्दा मामिलालाई संविधानको मर्म अनुरूप टुंग्याउनुपर्नेमा पनि मुख्यमन्त्री राईले जोड दिनुभयो ।

प्रतिक्रिया