सोमबार, पुष २ २०७५
काठमाडौं ०८:४८
वासिङटन डिसी 22:03

नेपालद्वारा अफगानिस्तानसामु १९५ रनको लक्ष्य

इनेप्लिज २०७४ फागुन २६ गते १४:१० मा प्रकाशित

काठमाडौँ, २६ फागुन: आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए ।

त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रासिद खानले तीन विकेट लिए ।

अहिले जवाफी व्याटिङमा उत्रेको अफगानिस्तानले राम्रो सुरुवात गरेको छ ।

यो समाचार तयार पार्दा अफगानिस्तानले २० ओभरमा एक विकेट गुमाउँदै ८६ रन जोडेको छ ।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

नेपालले अर्को खेल आगामी सोमबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया