चितवनको कालिकामा अन्तर्राष्ट्रिय महिला दिवशमा अन्तरक्रिया

इनेप्लिज २०७४ फागुन २४ गते २२:४० मा प्रकाशित

खोलेसिमल, चितवन, २४ फागुन ।
चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलमा आज १०८औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा अनुशिक्षण कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाको आयोजना तथा चितवन सक्रिय महिला प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले नागरिकता बनाउने सन्दर्भमा हुने समस्याका बारेमा प्रशिक्षण दिएका थिए ।

अधिवक्ता जगन्नाथ भण्डारीले नेपालको संविधान २०७२ मा महिलाको अधिकार र काम, कर्तव्यको बारेमा भएका विषयहरुमा प्रशिक्षण दिएका थिए । महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता कुमारी पौडेलले महिला तथा बालबालिकाको वर्तमान अवस्था र संरक्षणका सवालहरुमा प्रशिक्षण दिएका थिए । कालिका नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य एवम् नगरभित्रका महिला संघ संगठनका प्रमुख एवम् प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सो कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सबै नगरवासी मिलेर समाज रुपान्तरणमा लाग्नुपर्ने भन्दै नगरपालिकाले महिला, बालबालिका एवम् पछाडी पारिएका वर्गको विकासको लागि आफु प्रतिवद्ध भएर लाग्ने बताए ।
यसैगरी अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा सक्षम महिला विकास बचत तथा ऋण सहकारी संस्था कालिका ६ ले पनि अन्तरक्रिया कार्यक्रम गरी महिला दिवश मनाएको छ । संस्थाका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का वडा अध्यक्ष बिनोचितवनको कालिकामा अन्तर्राष्ट्रिय महिला दिवशमा अन्तरक्रिया
खोलेसिमल, चितवन, २४ फागुन ।

चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलमा आज १०८औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा अनुशिक्षण कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाको आयोजना तथा चितवन सक्रिय महिला प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले नागरिकता बनाउने सन्दर्भमा हुने समस्याका बारेमा प्रशिक्षण दिएका थिए ।

अधिवक्ता जगन्नाथ भण्डारीले नेपालको संविधान २०७२ मा महिलाको अधिकार र काम, कर्तव्यको बारेमा भएका विषयहरुमा प्रशिक्षण दिएका थिए । महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता कुमारी पौडेलले महिला तथा बालबालिकाको वर्तमान अवस्था र संरक्षणका सवालहरुमा प्रशिक्षण दिएका थिए । कालिका नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य एवम् नगरभित्रका महिला संघ संगठनका प्रमुख एवम् प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सो कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सबै नगरवासी मिलेर समाज रुपान्तरणमा लाग्नुपर्ने भन्दै नगरपालिकाले महिला, बालबालिका एवम् पछाडी पारिएका वर्गको विकासको लागि आफु प्रतिवद्ध भएर लाग्ने बताए ।

यसैगरी अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा सक्षम महिला विकास बचत तथा ऋण सहकारी संस्था कालिका ६ ले पनि अन्तरक्रिया कार्यक्रम गरी महिला दिवश मनाएको छ । संस्थाका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता कुमारी पौडेल, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, संस्थाका कोषाध्यक्ष अनिता पौडेल, सदस्य कल्पना आचार्य लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

द रेग्मी, महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता कुमारी पौडेल, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, संस्थाका कोषाध्यक्ष अनिता पौडेल, सदस्य कल्पना आचार्य लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया