बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं २२:३३
वासिङटन डिसी 12:48

अन्तर्राष्ट्रिय महिला दिवस२०१८

इनेप्लिज २०७४ फागुन २४ गते १०:३२ मा प्रकाशित

नारी र पुरुष भनेका एक रथका दुई पांग्राहरु हुन । महिलाहरु भनेका आधा आकास हुन । पुरुष शिक्षित भयो भने व्यक्तीमात्र शिक्षित बन्दछ तर नारी शिक्षित भइन भने परिवार नै शिक्षित बन्दछ । जहाँ नारीहरुको इज्वत र सम्मान हुन्छ त्यहाँ सम्पतिकी देवी लक्ष्मीको वास हुन्छ । यस्तै यस्ता अनेक नाराहरु बर्ष बर्ष दिनमा मनाइने नारी दिवसमा वक्ताले भन्ने दिव्यवचनहरु हुन । वक्ताका शुन्दर भावना गाँशिएका बचनहरुमा कर्त्वलध्वनीका साथ ताली बज्दछन् । वक्ताले वाह वाही पाउँछन् । वक्ताको नाक फुलिन्छ । छाती पनि निकै चौडा भएको महषुस गर्दछन् र आकाश तर्फ हेर्दछन् । दिन भर नारी दिवशमा गएर नारीहरुको सम्मान र प्रसंशामा समय खर्चिन्छन् । अनि साँझ परे पछी वर्तमान मापसेकेन्द्र भनिने परंपरादेखि भट्टीका नामले चिनिंदै आएको ठाउँमा पस्दछन् । सुरा र शुन्दरी बिनाको साँझ के साँझ भन्दै नारी हिंसा शुरु हुन्छ । त्यो हिंसा नेताका स्तर अनुसार बार र तारे सम्मको हुन्छ ।

हिंसामा पिडितबन्नेहरुको पनि आआफ्नै तह छन् । गाँउबाट पढाउने बहनाबाजीमा ल्याइएका अबोधहरु छन् । शुन्दर सपना रोपेर पढाइ सँगै भविष्य फलाउने योजनामा होमिएकाहरु छन् । पढाई सकेर जागिर र सुख सुविधापाइने शहरिया जीवनको बल्छीमा उनीएर आएकाहरु छन् । गाउँमै हुँदा विवाह गरेका श्रीमानहरु जागिर खाँदै शहरियामा रुपान्तरण भए पछी स्तर नमिलेको बहनामा प्रताडित हुनेहरु पर्दछन । अनि समाजमा बाँच्ने अन्तिम अश्रकारुपमा मज्बुरीका नाम माहात्मा गान्धी भन्दै आफु र परिवारलाई बचाउन विवस पिडितहरु छन् ।

मुलुकले महिला राष्ट्रपति पायो । महिला प्रधान न्यायधिस पायो । महिला सभामुख पायो । गाउँ, नगर, प्रदेश, प्रतिनिधीसभा र राष्ट्रिय सभामा महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको छ । महिलाहरु सरकारी संस्थाहरुमा छन् । गैह्र सरकारी संघ संस्थाहरुमा छन् । शिक्षण पेशा, प्रहरी र सेनामा पनि छन् । तर किन झन धेरै महिला हिंसाहरु भइ रहेकाछन् । किन असंख्य अबोधहरु बलत्कृत भइ रहेका छन् । के यस्ता विकृति र अमानविय कामहरु विगतमा पनि भई रहन्थे । के संचार र सूचना प्रवाह हुन नसकेरमात्र लुकेका थिए । कि बर्तमान अवस्थामा मानिसहरु पशुमा स्खलनहुँदै गैरहेका छौं । मानवियता सून्य हुँदै गइरहेको छ । यो एक्काइशौं सताब्तीको कलंकका रुपमा देखा परेको धब्बा हो ।

जब मानिसमा मानवियता च्यूत भएर जान्छ । बाबूबाट छोरीहरु लुटिन्छन् । दाजुबाट बहिनीहरु बलत्कृत हुन्छन् । समाजमा आमाको दूध खाँदै गरेका वालिकाहरुको अस्मिता लुटिन्छ । आमाहरुले त्यो समाजको इज्वत र प्रतिष्टाका लागि छोरीहरुलाई वली चढाउँछन् र आँशु पिएर मुखमा तालालगाएर बस्दछन् । सुरक्षा दिने रक्षकहरु नै भक्षकहरुमा रुपान्तरण हुन्छन् । पैसामा न्याय किनवेच हुन्छ । पैसा र प्रलोभनले विवेकलाई सुन्यबनाइ दिन्छ । हामी सभ्यसमाज तर्फ उन्मुख हुँदै छौं की जंगलीयुग तर्फको बाटो तय गर्दैछौं आज यो जटिल प्रश्न उठेको छ ।

महिला हिंसाहरु झन बढिरहेका छन् । बोक्शीको आरोपमा यातना दिइन्छ । हत्या र हिँसाहरु हुन्छन् समाज मूक दर्षक बन्दछ ।अझ प्रोत्शाहन गर्दछ । मानिसहरु विचमा छुवाछुत जस्ता अमानविय भेदभावहरु छन् । धारा पानी कुवा मन्दिर जस्ता सार्वजानिक स्थानहरुमा भेदभावले हिंसा जन्माउँदछ । प्रत्येक हप्तामा अनेक ह्रृदयविदाक घटनाहरु सुन्नु पढ्नु र देख्नु परिरहेको छ । पैसाका प्रलोभनमा धेरै घटनाहरु गुपचुप बनाइँदै लगिन्छ । “नाती मरेकोमा परेको पिर भन्दा पनि काल पल्केकोमा चिन्ता” भनेझैं हाम्रा मानविय मूल्य र मान्यताहरु सबै ह्रास हुँदै जानु ठूलो चिन्ताको बिषय बनेकोछ ।
जब सम्म सबै मानिसहरुलाई मानविय मूल्य , मान्यता र नैतिकताको आभास हुँदैन । ज्ञान हुँदैन । तब सम्म यी जंगली प्रवृतिको अन्त्य हुँदैन भन्दा अत्युक्ती नहोला । जब सम्म सबै मानिसहरुलाई शिक्षाको समान पँहुच हुँदैन । बिधालयमा मानवियता नैतिकता विवेक र चेतनाले विधार्थिहरुलाई दिक्षित गराईँदैन । सानै उमेर देखि वालवालिकाहरुलाई खराबलाई खराब हो भन्न सक्ने शाहस भरिंदैन । ठूलाले गरेका गलतकामलाई पनि गलत हो भन्ने शिक्षा दिईंदैन । तब सम्म विकृति रहित समाजाको परिकल्पना गर्न असम्भछ ।

महिलाहुने वित्तिकै महिलाहरुको हक र हितकालागि काम गर्ने महिलाबादी हुन्छन् भन्ने छैन । यो एउटा प्रवृति हो । कती पय पुरुषहरुले पनि महिला हकहितका काम गरी रहेका हुन्छन् । महिलाहरुको चेतना स्तर उच्च बनाउने यात्रामा लागि रहेका हुन्छन् । ती मानिसहरु महिला नभए पनि महिलाबादी हुन । जो महिलाहरु महिला भएर पनि महिलाहरुकै विरुद्वमा अथवा पुरुषहरुको पक्षमा वकालत गरी रहेका पाईन्छ । हिंसामा परेका महिलाहरुलाई उल्टै किन ती पुरुषहरु सँग जोरी खोज्नु पर्यो जस्ता कठोर बचनका गोली प्रहार गर्ने नारी नेतृहरुको कमी छैन । महिला रक्षामन्त्री भएको वेलामा रक्षकहरु द्वारा जलाइएका देविसराहरुको आत्म अझै न्याय नपाएरै भौंतारिरहेको होला ।

प्रत्येक बर्ष मनाइने नारी दिवश तबमात्र शार्थक होला । जहिले देखि महिलाहरुले पुरुषहरु झैं समान अधिकारहरु प्राप्त गर्न सक्छन् । नागरिक्ताका अधिकारहरु देखि पैतृक संम्पतिमाथिको अधिकार । शिक्षा र रोजगारीका अधिकार । समान ज्यालाका अधिकार ।आफ्ना सन्तानहरुलाई पाल्न र संगै राख्न पाउने अधिकार । यी सबै अधिकारहरुलाई ऐन र कानूनका किताबमा मात्र सिमित भयो भने पनि यसले शार्थकता नपाउला । सबैमा शिक्षा र चेतना प्रवाह होस् । आत्म निर्भरता र नेतृत्व विकाश होस् । विश्वभर रहेका नारीहरुमा नारीदिवश २०१८को हार्दिक शुभकामना ।

प्रतिक्रिया