अमेरिकाको भर्जिनियाको एलेकजेनड्रिया शहर अमेरिका कै क्रम संख्या १ पर्यटक गन्तब्य स्थान

इनेप्लिज २०७४ फागुन २३ गते १:२० मा प्रकाशित


अमेरिकाको मनि म्यागजिन (पत्रिका) ले भर्जिनियाको एलेकजेनड्रिया शहरलाई अमेरिका कै क्रम संख्या १ पर्यटक गन्तब्य स्थानमा राखेको छ । एलेकजेनड्रिया शहरले फ्लोरिडाका उत्कृष्ट शहरलाई उछिनेको बताएको छ ।

उक्त पत्रिकाले स्थान छनौट गरि १० वटा गन्तब्य स्थानका ठाउँहरुमा विशिष्ट गुण ,खर्च ,मुल्यांकन तथा यात्राको अनुभूति लाई समेट्दै एलेकजेनड्रिया शहर को ऐतिहासिक मोहित गर्ने क्षमता तथा अमेरिकाको राजधानी वाशिंगटन डिसीको सान्निध्यताको कारण यस्तो पर्न गरेको कुरा उल्लेख गरेको छ ।

उक्त पत्रिकाले हप्तामा दुई जनाले औसत खर्च $ २ हजार ५ सय ४० डलर पर्ने जनाएको छ । उक्त पत्रिकाले रेगन राष्ट्रिय हवाई हेम सातौ तथा जहाजको औसत हवाई यात्रा खर्च केवल $ ३ सय ३ डलर देखाएको र कायक डटकमले उक्त कुरा लेखेको छ । यसै गरि औसत रात्री बसाई खर्च $ १ सय ४० डलर कोठाको पर्ने होल्ट्स डटकमले जनाएको छ ।

उक्त पत्रिकाका अनुसार अमेरिकाका उत्कृष्ट १० यात्रा गर्ने शहरहरुको नाम सूची प्रकाशित गरेको छ । जस्मा एलेकजेनड्रिया शहर अमेरिका कै क्रम संख्या १ पर्यटक गन्तब्य स्थान पर्न सफल भएको छ भने दोश्रो स्थानमा वेस्ट भर्जिनिया (पश्चिम ) को हर्पर फेरी परेको छ ।

यसै गरि नेभादा को स्टेटलाइन तेश्रो उत्कृष्ट यात्रा गर्ने अमेरिकाको गन्तब्य स्थानमा परेको छ भने चौथो स्थानमा मिचिगनको ग्लेन आरबर परेको छ । यसै गरि फ्लोरिडाको पोमबानो तट पाचौ तथा इलोनोइसको सिकागो शहर छैठौमा परेको छ ।

यसै गरि क्यलोफोर्नियाको अनाहेम सातौ तथा ओक्लाहामाको ओक्लाहामा सिटि आठौमा स्थानमा परेको जनाएको छ । यसै गरि न्यू योर्क को लेक जर्ज ( जर्ज ताल ) नवौ तथा पेन्सेलभेनियाको फिलाडेल्फिया दशौ स्थानमा परेको जनाएको छ ।

यसै गरि अन्तर राष्ट्रिय क्रम संख्या १ मा जापानको टोकियो लाई पहिलो रोम लाई दोश्रो तथा मेक्सिकोको मेरिडालाई तेश्रो उत्कृष्ट स्थान भएको शहर जनाएको डिसीको डब्लु टिओपी ले समाचार लेखेको छ ।

प्रतिक्रिया