रबिलामीछाने ज्यु यी ८ बर्षीय बालिका बलात्कारी नर पिचासहरु लाइ कडा कार्यबाही गरियोस (भिडियो)

इनेप्लिज २०७४ फागुन २२ गते २२:३५ मा प्रकाशित

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।

यस्तै गत बुधबार पर्साकी ८ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरे । सामूहिक बलात्कारको कारण बालिकाको गुप्ताङ्गमा गम्भीर चोट लागेको छ । चोटका कारण बालिकाको रक्तश्राव अझै रोकिएको छैन । बलात्कारपछि बलात्कारीले कुटपिट गर्दा उनका शरीरका विभिन्न भागमा चोटैचोट लागेका छन् । उनलाई आइतबार रक्षा नेपालले उपचारका लागि उद्धार गरी राजधानी ल्याएको छ। यसै संदर्बमा इशा गुरुङले लाइव भिडियो मार्फत यस्तो मेसेज दिनु भएको छ हेरौ भिडियो

प्रतिक्रिया