राप्रपा केन्द्रीय परिषद्को बैठक वीरगन्जमा हुने

इनेप्लिज २०७४ फागुन २२ गते १३:५५ मा प्रकाशित

काठमाडौँ, २२ फागुन:राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठकले मुलुकको वर्तमान परिस्थितिको गम्भीरता, राष्ट्रियता र प्रजातन्त्र माथिको सम्भावित खतरालाई दृष्टिगत गरी उक्त आह्वान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता भुवन पाठकले बताउनुभयो ।

दार्चुला जिल्लाको व्यास गाउँपालिकामा भारतले अनाधिकृत रुपमा बनाएका पुलप्रति गम्भीर आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट सशक्त रुपमा विरोध जनाउन सरकारसमक्ष आग्रह गर्ने निर्णय गरेको पार्टीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीको केन्द्रीय परिषद्को बैठक आगामी वैशाख ७, ८ र ९ गते वीरगन्जमा गर्ने निर्णय पनि गरेको छ । उक्त पार्टीले आगामी चैत ८ र ९ गते केन्द्रीय अनुशिक्षण कार्यक्रम तथा चैत २३ र २४ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय भेला काठमाडाँैमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया