पोखरा, २१ फागुन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस तथा शहिद सप्ताह २०७४ को अन्तिम दिन सोमवार शहिद स्मृति आवासिय माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मझेरीपाटनमा रहेको विद्यालयमा अध्ययनरत २ सय ६० जना विद्यार्थीहरुलाई १ लाख २५ हजार रुपैयाँ बरावरको खेलकुद सामाग्रि, गम्छा तथा फलफूल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक वखानसिँह गुरुङ(आभाष)ले जानकारी दिए । सो अवसरमा माओवादी नेताहरुले शहिदका छोराछोरीहरुसँग भेटघाट समेत गरे ।
कार्यक्रममा वोल्दै पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज राजकाजी गुरुङ(करण)ले झापा आन्दोलन देखी महान् जनयुद्ध सम्मका हजारौँ शहिदहरुले वगाएको रगत पसिना र वलिदानको कारणले देशमा अहिलेको परिर्वतन सम्भव भएको धारणा राखे । माओवादीले शहिद परिवारलाई विर्सेको भनेर आरोप लगाईएपनि त्यो पूर्णत गलत रहेको भन्दै नेता करणले आफुहरु भाग्यवश वाँचेकोले नाफाको वाँकी जिन्दगीलाई शहिदकै सपनाहरुलाई पुरा गर्न तर्फ लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रदेस सांसदहरु रामजीप्रसाद वराल, दीपक कोइराला, पार्टी जिल्ला सहसंयोजक गंंगा पोखरेल, महानगर अध्यक्ष विश्वप्रकाश लामिछाने तथा माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया