सोमबार, पुष २ २०७५
काठमाडौं ०९:१३
वासिङटन डिसी 22:28

झुम्यो लसएन्जलस सप्तरंगी इन्द्रधनुष होलीमा

इनेप्लिज २०७४ फागुन २१ गते २३:२२ मा प्रकाशित

लसएन्जलस । दक्षिण क्यालिफोर्नियाको यो सप्ताहन्त सप्तरंगी रंगहरुमा झुम्दै फागुपूर्णिमा मनाएर बित्यो नेपाली समुदायको आइतबार । फागु पूर्णिमाको यो अवसरमा लसएन्जलसको प्रवाशी नेपालीलाई मनमोहक र रंगिन बनाउने मेसो मिलाएको थियो माँ क्यालिफोर्निया र दिनेश-अनुको युगल जोडीले ।

के बालक के तन्नेरी रंगी बिरंगी रंगहरुमा नाची रहेको देख्दा लाग्थ्यो नेपालकै कुनै गाउँ, कुनै ठाउँमा होली मनाइदै छ । संधै सान्त देखीने ब्यापारी राजेश पाण्डे र नारायणी पाण्डेको जोडी, राम्जी गौतम, डिल्ली थापा, प्रकाश पाण्डे, दिल श्रेष्ठ, कृष्ण कोइराला, बलराम थापा, नबिन पोखरेल, मदन पाठक देखी गैर आवाशीय नेपाली संघ एनआरएनए अमेरिका महिला संयोजक इन्दिरा त्रिपाठी र क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे- मोनीका पाण्डेको जोडी समेत कम्मर मर्काई मर्काई नाचिरहेको देखेर अगुवा नेपाली अमेरिकन टेक वाइवा लामा नाचको नेतृत्व गर्दै माहोललाई ताताउदै थिए ।

पत्रकार गोकुल ढकाल र सीता ढकालको जोडीको नाच होस् वा दिनेश शाह र अनु शाहको जोडीले प्रदान गरेको आतिथ्यता सम्झन लायक थियो ।

नेपाली गीतका अतिरिक्त मधेशको भोजपुरी र मैथली गित र संगीतमा रमाउने स्थान बनेको थियो स्थानिय बुयना पार्क । भोजन पछिसुटुक्क भित्रिएको मदिराको चुस्किले होला आयोजकले पटक पटक कार्यक्रम सकिएको घोषणा गर्दा पनि गाउने र नाच्ने क्रम निरन्तर जारी रह्यो ।

अगुवा नेपाली अमेरिकन भक्त थापा हुन वा मुकन्द ढुंगाना अबिर दल्दै होलीको रंगमा रमाई रहेको दृश्य हेर्न लायक देखिन्थ्यो ।

तर के गर्ने रंगिन होलीको यो पर्व संगै सप्ताहन्तको आइतबार सकिदै थियो र भोलिको नित्य कर्ममा जाने पर्ने नियतीले होला यस वर्षको होलीलाई विदा गर्दै छुट्टिए नमरी बाँचे कालले सांचे अर्को पर्वमा भेट्ने वाचा गर्दै लसएन्जलसको प्रवाशी नेपाली समुदाय ।

प्रतिक्रिया