चितवनको कालिका ५ पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन, नन्द प्रसाद भट्टराईले ६२ लाख सहयोग गरे ।

इनेप्लिज २०७४ फागुन २१ गते १२:१६ मा प्रकाशित

शिशिर सिंखडा
पदमपुर, चितवन, २१ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे ।

संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय र बाल उद्यान समेत निर्माण गर्ने लक्ष्य रहेको छ । सोही रकमबाट यस क्षेत्रका विपन्न बोटे, दलित, चेपाङ छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका महासचिव भिष्म प्रसाद खनालले जानकारी दिए । यहि फागुन १३ गतेदेखि २० गतेसम्म संचालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन गरेका थिए । १३ कठ्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर रहेको छ ।
महायज्ञमा कालिका नगरपालिका ५ पदमपुर, हाल रत्ननगर बस्दै आएका नन्द प्रसाद भट्टराईले सो मन्दिर निर्माण गर्नको लागि ६२ लाख रुपैया सहयोग गरेका छन् । उनले ६० लाख मूल्य बराबरको १ कठ्ठा जमिन र नगद रु. २ लाख सहयोग गरेका हुन् । आज आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ र पण्डित पोख्रेलले भट्टराई लगायत सहयोगीदाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरेका थिए । सो महायज्ञमा कालिका नगरपालिकाले रु. २० लाख सहयोग गरेको थियो । त्यसैगरी पदमपुर निवासी जयचन्द्र प्रसाद चौधरीले ११ लाख ६१ हजार, नारायण बहादुर भट्टराईले ११ लाख २६ हजार, रुदल महतोको परिवारले ५ लाख ५ हजार सहयोग गरेका थिए । त्यसैगरी भिमोदय मा.वि. परिवारबाट पनि ५ लाख रुपैया सहयोग भएको आर्थिक समितिका सदस्य पोष्टराज अर्यालले जानकारी दिए । महायज्ञमा रु. २ करोड ३८ लाख संकलन भएको र जिन्सी अन्तर्गत धान, चामल विक्री गर्दा २ करोड ५० लाख रुपैया भन्दा बढी रकम संकलन हुने समेत उनले जानकारी दिए ।


को हुन् नन्द प्रसाद भट्टराई ?

गोरखा जिल्लाको बगुवामा १९९४ असारमा जन्मिएका नन्द प्रसाद भट्टराई २००९ सालमा चितवनको साविक पदमपुरमा बसाइ सरी आएका थिए । सो पदमपुर वस्तीमा बसाइ सरी आउने पहिलो पहाडी मुलको भट्टराई परिवारका बुबा, हजुरबुबाहरु हाल पर्साको ठोरीमा बडा हाकिम थिए । राणाकालमा तत्कालिन सरकारले कांग्रेस पार्टीमा लागेको आरोपमा नन्द प्रसाद भट्टराईका दाई बखत बहादुर भट्टराईलाई २००७ सालको प्रजातन्त्र प्राप्ति भन्दा अगाडि गोली हानी मारिएको थियो । ठूलो आमा नन्द कुमारीको परिवार एक्लो भएपछि नन्द प्रसाद गोरखाबाट साविक पदमपुर बसाइ सरी आएका थिए भने ठोरीमा बस्दै आएका ठूलोआमाको परिवार पनि पदमपुरमा आई बसेका थिए । साविक पदमपुरमा वडा सदस्य, वडा अध्यक्ष समेत भएका भट्टराई तत्कालिन जिल्ला उपसभापति हुँदै जिल्ला सभापति समेत भएका थिए ।

पदमपुरको भिमोदय मा.वि. स्थापनामा महत्वपूर्ण भूमिका खेलेका भट्टराईले शहिद स्मृति क्याम्पस पदमपुरलाई १ बिगाहा जमिन समेत निःशुल्क सहयोग गरेका छन् । साविक पदमपुरमा भिमवली बाबा मन्दिर उनले नै स्थापना गरी ५÷५ वर्षमा पञ्चवली समेत दिई पुजा गर्ने गर्दथे । पदमपुर स्थानान्तरण भई हाल कालिका वडा नं. ५ मा स्थापित मन्दिरलाई स्तरोन्नती गर्न उनले सो रकम सहयोग गरेका हुन् । भट्टराईका २ छोराहरु रहेका छन् । जेठो छोरा माधव भट्टराई नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् सफल व्यवसायी हुन् भने कान्छा छोरा मोहन भट्टराई कानुन व्यवसायी एवम् सफल व्यवसायी पनि हुन् ।
सो धनधान्याञ्चल महायज्ञमा सहयोग गर्ने जयचन्द्र प्रसाद चौधरी साविक पदमपुर गाविसका तत्कालिन गाविस अध्यक्ष हुन् । नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् कालिका नगर इञ्चार्ज समेत रहेका चौधरी यस क्षेत्रकै सफल व्यवसायी हुन् । अर्का सहयोगीदाता नारायण बहादुर भट्टराई पनि पदमपुरका सामाजिक व्यक्ति हुन् । साविक पदमपुरका तत्कालिन वडा अध्यक्ष एवम् कार्यवाहक गा.वि.स. अध्यक्ष समेत भई उनले काम गरेका थिए । त्यस्तै रुदल महतो पनि कालिका वडा नं. ५ का सामाजिक व्यक्ति हुन् । स्वर्गीय बुबा जल्लु महतोको स्मृतिमा रुदल महतोको परिवारले सो मन्दिर निर्माणको लागि आर्थिक सहयोग गरेका हुन् ।

सो धनधान्याञ्चल महायज्ञमा १ लाख रुपैया भन्दा बढी सहयोग गर्ने दाताहरु तपसिल अनुसार रहेका छन् ।

१. नन्द प्रसाद भट्टराई परिवार – ६२ लाख
२. कालिका नगरपालिका – २० लाख
३. जयचन्द्र प्रसाद चौधरी परिवार – ११ लाख ६१ हजार १ सय ११
४. नारायण बहादुर भट्टराई परिवार – ११ लाख २६ हजार १ सय ५१
५. रुदल महतो परिवार – ५ लाख ५ हजार १
६. भिमोदय मा.वि. परिवार – ५ लाख
७. यमनाथ आचार्य परिवार – ३ लाख १ हजार १ सय ५०
८. मान कुमार चौधरी परिवार – ३ लाख १ हजार १ सय ५१
९. सुकदेव भट्टराई परिवार – ३ लाख
१०. प्रकाश चन्द्र भट्टराई परिवार – २ लाख १ हजार
११. उमा कुमारी भट्टराई परिवार – २ लाख २२ हजार २ सय २२
१२. यमलाल श्रेष्ठ परिवार – २ लाख ११ हजार ४ सय १७
१३. जनक प्रसाद भट्टराई परिवार – २ लाख २ हजार २ सय २२
१४. शिव नारायण श्रेष्ठ परिवार – २ लाख १ हजार
१५. नारायण दत्त अर्याल परिवार – २ लाख २ हजार २ सय ११
१६. जीवन बहादुर पाण्डे (मच्छिन्द्र) परिवार – २ लाख ५१ हजार ५ सय ३४
१७. मनहरी रिजाल परिवार – १ लाख १ हजार १ सय ५
१८. गोविन्द पोख्रेल परिवार – १ लाख १ हजार १ सय ५५
१९. ढुण्ड प्रसाद पोख्रेल परिवार – १ लाख १ हजार १ सय ५१
२०. महेन्द्र सेन ठकुरी परिवार – १ लाख १ हजार १ सय ५१
२१. बुद्धिसागर लामिछाने परिवार – १ लाख
२२. नारायण पोख्रेल प्रतिष्ठानको तर्फबाट पण्डित दिनबन्धु पोख्रेलले – १ लाख ११ हजार १ सय ११
२३. निलकण्ठ दाहाल परिवार – १ लाख १ हजार १ सय ५१
२४. डिल्लीराम दाहाल (काका) परिवार – १ लाख ५ हजार ५ सय ५५
२५. बुद्धिकान्त मरहठ्ठा परिवार – १ लाख १ हजार १ सय ११
२६. सूर्य कुमार श्रेष्ठ परिवार – १ लाख १४ हजार ६ सय ५५
२७. आनन्द गिरी परिवार – १ लाख १ सय ५१
२८. यम÷रोहिणी प्रसाद पौडेल परिवार – १ लाख १ हजार १ सय ५१
२९. गणेश पराजुली परिवार – १ लाख ११ हजार १ सय ११
३०. राम प्रसाद रिजाल परिवार – १ लाख १ हजार १ सय ११
३१. हरि भट्टराई परिवार – १ लाख १ हजार १ सय ११
३२. बसन्त÷घनश्याम गिरी परिवार – १ लाख १ हजार ५५
३३. नारायण भट्टराई परिवार – १ लाख १ हजार १ सय ११
३४. हरिशंकर दाहाल परिवार – १ लाख १ हजार १ सय ११
३५. झलक भट्टराई परिवार – १ लाख १ हजार १ सय ११
३६. भोलानाथ चापागाई परिवार – १ लाख १ हजार १ सय २५
३७. राजकुमार श्रेष्ठ परिवार – १ लाख ११ हजार १ सय ११
३८. अरस सापकोटा (माधव) परिवार – १ लाख १ हजार १ सय ५१
३९. जियन महतो परिवार – १ लाख ५ हजार १ सय २५
४०. मोति कुमार श्रेष्ठ परिवार – १ लाख ५ हजार
४१. जयलाल कंडेल परिवार – १ लाख १ हजार १ सय ११
४२. हेम बहादुर नेपाल परिवार – १ लाख १ सय १
४३. विश्वास अर्याल परिवार – १ लाख १ हजार १ सय ११
४४. चिरञ्जिवी खनाल परिवार – १ लाख २७ हजार
४५. कृष्ण बहादुर भट्टराई परिवार – १ लाख १ सय
४६. होमनाथ दाहाल परिवार – १ लाख ५ हजार ५ सय २५

प्रतिक्रिया