बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १२:३४
वासिङटन डिसी 02:49

महिला दिबशमा प्रजनन् स्वास्थ्य सम्बन्धि छलफल हुने

इनेप्लिज २०७४ फागुन २१ गते १२:०४ मा प्रकाशित

पोखरा २१ फागुन
१०८ औं अन्तराष्ट्रिय महिला दिबशको सन्दर्भमा महिला ससक्तीकरण नेपाल, पर्यटन व्यवसायी महिला संघ र थ्रि सिस्टर एडभेन्चर ट्रेकिङ्गको संयुक्त आयोजनामा पोखरामा अन्तराष्ट्रिय महिला स्वास्थ्य सम्मेलन हुने भएको छ । ंउक्त संस्थाहरुले संयुक्त रुपमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

महिला विकासको लागि सबैभन्दा पहिला उनिहरु शारिरिक र मानसिक रुपमा स्वस्थ रहनु पर्छ भन्ने मान्यतामा यो वर्ष महिलाको स्वास्थ्यलाइ प्राथमिकतामा राखिएको पत्रकार सम्मेलनकी संयोजक तथा महिला ससक्तीकरण नेपाल की अध्यक्ष लक्की कार्की क्षेत्रीले जानकारी दिनुभयो । महिलाको स्वास्थ्यमा पनि प्रजनन स्वास्थ्य प्रति उचित चासो हुनु पर्ने पनि कार्यक्रममा बताइएको थियो । सोहि अनूरुप उक्त स्वास्थ्य सम्मेलनमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि समस्या मध्यको एक महिनावारी संबन्धि समस्याका बारेमा छलफल तथा सरोकारवालाका प्रस्तुतीकरण रहनेछन् ।

उक्त सम्मेलनमा महिनवारी हुँदा बिद्यार्थी, शिक्षिका, कानुन व्यवसायि, स्वस्थ्यकर्मी र ट्रेकिङ्ग गाइडले भोग्नु पर्ने समस्याका बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । उक्त कार्यपत्र प्रस्तुत गर्नका लागि संबन्धित विषयमा बिज्ञ व्यक्तित्वहरु झिकाइने पनि महिला ससक्तीकरण नेपालका अध्यक्ष कार्कीले जानकारी दिइन् ।

अमेरिकी संस्था ब्याक प्याकिङ्ग फर बेटी को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलन आगामी फागुन २६ गते हुनेछ र पोखराका बिभिन्न बिद्यालयका ५० जना बिद्यार्थी सहित अन्य जिल्लाबाट समेत गरि सय भन्दा बढी बिद्यार्थी र सरोकारवालाको सहभागिता रहनेछ । कार्यक्रममा “बेचिएकी” नामक बृतचित्र लगायत अन्य महिला हिंसा बिरुद्धका जनचेतनामुलक प्रस्तुतीकरण समेत गरिने आयोजकले जनाएको छ । सम्मेलनका बारेमा जाकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा टेवानका प्रतिनिधि डिक्की कार्की, सहयोगी संस्था ब्याक प्याकिङ्ग फर बेटीका फाउण्डर कारा लगायतले बोलेका थिए ।

प्रतिक्रिया