भुजेलको हत्यारा पक्राउ

इनेप्लिज २०७४ फागुन २० गते १५:०० मा प्रकाशित

काठमाडौँ, २० फागुन ९: महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ ।

प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्न रुद्रबहादुर बस्नेतलाई शुक्रबारै पक्राउ गरेको हो ।

बस्नेतले शुक्रबार बिहान ३ः३० बजे मादक पदार्थ सेवन गरी भएको सामान्य विवादका कारण मुख र नाकमा थिची चार तलामाथिबाट खसालेका थिए ।

उनीहरु दुवैजना विगत एक वर्षदेखि ‘गुप्र फोर’ कम्पनीमार्फत उक्त सिनेमा घरमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बस्नेतलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया