इनासको होली र सम्मान

इनेप्लिज २०७४ फागुन २० गते ५:३० मा प्रकाशित

वासिंगटन डिसी मार्च २ ,अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)ले फागु पूर्णिमाको अवसर पारेर मार्च २ तारिक शनिवारका दिन सहयोगी दाताहरुको सम्मान गरेको छ ।

हाल अस्वस्थ रहेका नेपालको पप गायन क्षेत्रका अग्रज ओमविक्रम विष्टको उपचारमा सहयोग पुयाउने उद्देश्यले गत महिना वासिंगटन डिसीमा आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने ब्यक्ति संस्था एवम श्रष्टाहरुलार्ई सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिएको थियो ।

इनासका संरक्षक नीता श्रेष्ठ,एवम इनास उत्तर अमेरिका संयोजक हरि शर्माले आतिथ्य गर्नु भएको एक समारोहमा उक्त सम्मान गरिएको थियो । इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाको अध्यक्षतामा सम्पन्न एक औपचारिक कार्यक्रममा साँगितिक प्रस्तुती पनि समाबेस गरिएको थियो ।सो अवसरमा कलाकारहरु रिता श्रेष्ठ,अर्जुन घिमिरे, आशीष बड़ेल ,मनोहर श्रेष्ठ,बाल कलाकार प्रीषा श्रेष्ठ र अश्विनी पोख्रेलको गायन,बासुरी वादक आनन्दु लामा र राजन अधिकारीको लोक धुन,नीता श्रेष्ठ र दीपा अधिकारीको कविता बाचन जस्ता मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रेम भण्डारी,राकेश तुलाधर,भरत बराइली,गौरब तिवारी,शिव विश्वकर्मा,निशेष,अर्जुन दाहाल,बासु सत्याल,सरोज खनाल,किरण प्रताप केसी,नविन केसीलगायतलाई सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरियो ।

त्यस्तै संचार माध्यम इनेप्लिज,विआरटी नेपाल,डिसी नेपाल,विश्व परिक्रममा,ग्लोवल नेपाल टिभिलाई पनि सम्मान स्वरुप प्रमाण पत्र दिइयो । कार्यक्रममा इनास भर्जिनियाका अध्यक्ष गोविन्ददास श्रेष्ठ,इनास सचिब कृष्ण श्रेष्ठ,हरि शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई रमेश मैनाली र सिर्जना उप्रेतीले संचालन गर्नु गर्नु भएको ।

हाल अस्वस्थ रहेका नेपालको पप गायन क्षेत्रका अग्रज ओमविक्रम विष्टको उपचारमा सहयोग पुयाउने उद्देश्यले गत महिना वासिंगटन डिसीमा आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने ब्यक्ति संस्था एवम श्रष्टाहरुलार्ई सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

 

उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न यहां क्लिक गर्नुहोस

ईनास द्वारा आयोजित सम्मान कार्यक्रम को प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Saturday, March 3, 2018

प्रतिक्रिया