निर्देशक भन्छन्: चलचित्रमा अश्लिल शब्दको प्रयोग गर्नु गलत है

इनेप्लिज २०७४ फागुन १९ गते १८:१४ मा प्रकाशित
निक्कै लामो विवाद पछि अन्तत चलचित्र गाजाबाजा प्रदर्शनमा आउने भएको छ। चलचित्र विकास बोर्डले गाजबाजा नाम राखेर चलचित्र बनाउन नपाउने भने पछि निर्देशक गणेश देव पाण्डे अदालत सम्म पुग्यो। एक बर्ष सम्म अदालतमा रहेको उक्त मुद्दामा अन्तत: निर्देशक पाण्डेले जितेको हो। 
 
चलचित्र ‘गाजाबाजा’लाई सर्वोच्च अदातलले यो नाम राखेर निर्माण गर्न पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको हो। हाल चलचित्रका समुह गाजाबाजाको प्रचारका निम्ति देश दौडाहा छ। 
 
यसै क्रममा शनिवार पोखरा आइपुगेका निर्देशक गणेश देव पाण्डे लगाएतका चलचित्र समुहले फिल्म बारे पत्रकार सम्मेलन गरि विभिन्न जानकारी दिएका छन्। 
ट्रेलर हेर्दा फिल्ममा बढि मात्रामा अश्लिल शब्दहरुको प्रयोग भएको पाइएको छ।  यद्धपि फिल्म लागु औषध विरुद्धको रहेको निर्देशक पाण्डेले  जानकारी दिएको छ। 

प्रतिक्रिया