उग्र हावाको कारण मेरिल्याण्ड तथा भर्जिनियामा आपतकालीन घोषणा ,डिसी क्षेत्रका समुदाय ठगहरु संग सावधान हुन् आग्रह

इनेप्लिज २०७४ फागुन १९ गते २:०७ मा प्रकाशित

 

बिहान देखि उग्र हावाको कारण जनजीवन अस्तव्यस्त भएको छ । अहिले सम्मको ताजा जानकारी अनुसार डिसी क्षेत्रमा करिव ६ लाख ४० हजार घरहरु अन्धकारमय भएका छन् ।

अहिले सम्म डिसी क्षेत्रमा सवै भन्दा जयदा ७१ माइल प्रति घण्टा को हावा चलेको अभिलेख गरिएको छ भने अहिले यो समाचार लेख्दा सम्म समयमा पनि ४६ माइल प्रति घण्टा को हावा चलि रहको छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार यो हावा भोलि बिहान ६ बजे शनिबार रोकिने जनाएको छ । ४० – ५० माइल प्रति घण्टा अनुमान गरिएता पनि ७० नाघेकोले रुख जताततै ढलेका छन् भने पनि अबरुद्ध भएको छ ।

आज बिहान देखि यस भेकका बिद्यालयहरु बिदा गरिएको छ भने सरकारी कार्यालय पनि बिदा दिइएको छ । ज्यादा हावाको प्रभावको कारण भर्जिनियाका गभर्नर राल्फ नोर्थाम तथा म्यारिल्याण्डका गभर्नर ल्यारी होगनले आपतकालीन घोषणा गरेका छन् । यसको स्थाई हजारौ हवाई जहाज रद्ध हुनु को साथै डिब्बे गाडी (रेल ) को आवत जावत बन्द गरिएको छ ।

सवैलाई बाहिर न निक्लन अनुरोध गरिएको छ भने आपतकालीन अवस्था भएमा कहाँ कसरि सम्पर्क गर्ने समेत सबै संचार माध्यमले समाचार उच्च प्राथमिकता को साथ प्रकाशित गरेका छन् ।

यसको साथै हावाको कारण रुख ढली मेरिल्याण्ड कि १ सय बर्षिय महिला बाच्न सफल भएकी छिन् भने उनि सुति रहेको समयमा यस्तो घटना घटेको हो । यसै गरि भर्जिनियामा एक ६ बर्षिय बालक रुख ढलेर मृत्यु भएको छ । सडकका सवारी साधन अबरुद्ध भएका छन् । बाहिर न निक्लन आदेश जारि पनि गरिएको छ ।

यसको साथै तिब्र हावा रोकिए पछि घर दैलो गर्दै घर को छानो टाल्ने र रुख द्वारा क्षति भएका घरको काम गर्ने कामदार बाट सावधान हुन् समेत आग्रह गरेका छन । उनीहरु घर दैलोमा आउने र रुखले यति घर क्षति भएको छ भन्दै अनेक समस्या समेत देखाउने र पैसा ज्यादा असुल्ने भएकोले ध्यानाकर्षण गराएका छन्

उनीहरुले समय कामको लागि ३ सय डलरमा हुने काम लाई १ हजार ५ सय सम्म भन्ने र अन्य अनेक समस्या भनेर पैसा धुत्ने भएकोले यस्ता ठग या धुर्त बाट बच्न आग्रह गरेका छन् । यसको साथै उनीहरुले ज्यादा वरिष्ठ नागरिकहरु लाई लक्षित गर्ने भनि डब्लुटिओपी को रेडियो अन्तर्वार्तामा समेत जानकारी सम्बन्धित व्यक्तिले दिएका छन् । नेपाली समुदाय पनि चनाखो हुनु पर्ने भएको छ ।

तस्बिर श्रोत : एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया