टुडिखेलमा हुने बिश्व किर्तिमान कार्यक्रममा प्रधान मन्त्रि केपी ओली प्रमुख अतिथि ,तयारी लगभग पूरा(थप जानकारी)

इनेप्लिज २०७४ फागुन १८ गते ०:५४ मा प्रकाशित

विश्व कीर्तिमान परिषद् नेपालको पहलमा आयोजना हुने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बिषयमा गरिने बिश्व किर्तिमान कार्यक्रममा प्रधान मन्त्रि केपी ओली प्रमुख अतिथि हुनु हुने भएको छ । आगामी फाल्गुन १९ गते शनिबार बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रमको तयारी लगभग पुरा भएको आयोजकले जनाएका छन् ।

प्रधान मन्त्रि ओली को आगमन दुई बजेर ३० मिनेटमा भए पछि धम्मपद २:४५ मिनेटमा हुने जानकारी आयोजक कै प्रतिष्ठा अमात्य बिष्टले दिएकी छिन् । मुख्य प्रवेश द्वार ११ बजे खुल्ने छ भने त्यस पछि प्रख्यात कलाकरहरुको प्रस्तुति हुने छ ।

यसको साथै नेपाल आइडलका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास को समेत प्रस्तुतिको साथै र हास्य व्यंग्य कलाकारको पनि प्रस्तुति रहने छ । आयोजक समितिकी प्रतिष्ठा अमात्य बिष्टले आफू निकै उत्साहित भएको बताउदै धम्मपद सामूहिक वाचन गरे पछि हेलिकप्टर बाट पुष्प वृष्टि समेत गरिने भएको ईनेप्लिजलाई बताईन ।

उक्त ऐतिहासिक कार्यक्रममा बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ । बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश सहित आगामी फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो । 

विश्व कीर्तिमान परिषद् नेपालले विभिन्न संघसंस्था र प्रतिनिधिसँगको सहकार्य र समन्वयमा पहिलो पटक हुने यस प्रकारको अभियानमा धम्मपदका श्लोकलाई बुद्धवचनका रुपमा पाठ गरिने छ ।

बौद्ध साहित्यका ग्रन्थहरुमध्ये अभिधम्म अन्तर्गत धम्मपद एक महत्वपूर्ण कृति हो । बौद्ध ग्रन्थ त्रिपिटकमा सुत्र, विनय र अभिधम्म पर्दछन् ।

अखिल नेपाल भिक्षु महासंघले समग्र धम्मपदलाई समेट्ने गरी प्रत्येक वर्गको प्रतिनिधित्व हुने गरी २६ श्लोक नेपाली, अंग्रेजी र पाली भाषामा उपलब्ध गराएको छ । संस्कृत, पाली, अंग्रेजी, हिन्दी, मराठी, जापानी, थाई, सिंहाली, भियतनामीलगायत विश्वका धेरै भाषामा यो धम्मपद अनुवाद भएको छ ।

महासंघका महासचिव भिक्षु कौडण्यले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा धेरै मानिसलाई आकर्षित गरिरहेको अवस्थामा बुद्ध नेपालमा जन्मेको होइन भनी सुनियोजित तरिकाबाट भ्रम फैलाउनेलाई उक्त कार्यक्रमबाट सद्बुद्धि प्राप्त हुने विश्वास गरिएको छ ।

आयोजक संस्थाले कार्यक्रममा सहभागी हुन निःशुल्क पासको वितरण गरिरहेको छ भने १४ वर्ष माथिका विद्यार्थीलाई मात्र सहभागी गराउने जनाएको छ ।

प्रतिक्रिया