चितवनको कालिका ५ पदमपुरमा जारी धनधान्याञ्चल सप्ताहको चौथो दिनमा ८० लाख संकलन,२ करोडको लक्ष्य

इनेप्लिज २०७४ फागुन १७ गते २३:०१ मा प्रकाशित

शिशिर सिंखडा
पदमपुर, चितवन,१७ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा  भइ रहेको श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञको ४दिनमा ८० लाख रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो ।महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा कालिका नगरपालिकाले २० लाख दिने भएको छ । नगर प्रमुख खुमनारायण श्रेष्ठले आज सो रकम दिने घोषणा गरेका हुन । तेस्तै रुदल महतोले ५ लाख ५ हजार,नवीन थापाले २ लाख ११ हजार,मान कुमार चौधरीले २ लाख ५ हजार,कुमारी भट्टराईले २ लाख,सुर्य कुमार श्रेष्ठले १ लाख ५१ हजार,दीपक बहादुर भट्टराई ले १लाख ११ हजार ,सुजन भट्टराईले १लाख१० हजार,तुलसी नारायण श्रेष्ठले १लाख ५ हजार,बुद्धि कान्त मरहठा ले १ लाख १ हजार सहयोग गरेका छन ।सहयोग आउने क्रम जारी रहेको मुल समारोह समीतीका सदस्य माधव भट्टराईल्रे जानकारी दिए ।

संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय र बाल उद्यान समेत निर्माण गर्ने लक्ष्य रहेको छ । सोही रकमबाट यस क्षेत्रका विपन्न बोटे, दलित, चेपाङ छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका संयोजक नन्द प्रसाद भट्टराईले बताए । फागुन २० गतेसम्म संचालन हुने महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन गर्ने छन् । सो मन्दिरको १३ कठ्ठा क्षेत्रफल रहेको छ । सो परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर रहेको छ ।धनधान्याञ्चल सप्ताह महायज्ञको अवसरमा शुभ विवाह, ब्रतबन्ध, चौरासी पुजा गर्न चाहनेको लागि समेत आयोजकले व्यवस्थापन गरेको मूल समारोह समितिका महासचिव भिष्म प्रसाद खनालले जानकारी दिए । सो कार्यका अतिरिक्त भक्तजनहरुले नगद रकम, तुलादान गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ भने महायज्ञमा धान, चामल लगायत खाद्यान्नहरु पनि सहयोग गर्न सकिने महासचिव खनालले बताए । महायज्ञमा स्थानीय, स्वदेश तथा विदेशमा रहेका धर्मानुरागीले सहयोग गर्ने वचनवद्धता प्राप्त भएको प्रचारप्रसार समितिका संयोजक विष्णु सिंखडाले बताए ।

प्रतिक्रिया