नेपाली युटुब मै पहिलो पटक आयो गजबको वेभ सिरिज ‘गर्लफ्रेण्डको नखरा’ {भिडियो}

इनेप्लिज २०७४ फागुन १७ गते २२:३९ मा प्रकाशित
नेपालमा पछिल्लो समय युट्युबलाई लक्षित गरी वेभ सिरीज बन्ने क्रम बढ्दो छ । यही क्रममा आजैबाट नयाँ कमेडी वेभ सिरीज आएको छ, जसको नाम हो ‘गर्लफ्रेण्डको नखरा’ । युट्युबमा कमेडी खोज्नेहरुको लागी यो सिरीजले हद पार गर्ने देखिएको छ ।
आज मात्रै रिलीज भएको पहिलो एपिसोडमा नै भरपुर कमेडी देख्न सकिन्छ । पहिलो एपिसोडमा दुई प्रेमि प्रेमिका बिच चुम्बन गर्ने बिषयलाई लिएर गज्जबको कमेडी गरीएको छ । मिलन थापा र मेलिसा खतिवडाले सिरीजमा अभिनय गरेका छन ।
फलानो क्रियशनले तयार पारेको वेभ सिरीज अब देखि हरेक बिहीबार साझ ६ बजे फलानो टिभी नामक युट्युब च्यानलबाट रिलीज गरीने भएको छ ।
सरोज अधिकारीले निर्देशन गरेको सिरीजलाई अशोक बस्नेतले छायाङ्कन गरेका हुन । युवापुस्ताका सामान्य बिषयलाई लिएर भरपुर कमेडी गरीने निर्देशक अधिकारीले बताएका छन ।
हेर्नुहोस यस्तो छ पहिलो एपिसोड

प्रतिक्रिया