सन फ्रान्सिस्को अमेरिकाको अत्यधिक काम गर्ने शहर ,डिसी चौथो

इनेप्लिज २०७४ फागुन १६ गते २:५४ मा प्रकाशित

पछिल्लो सर्वेक्षण अनुसार अमेरिका को क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरका निवासीहरु अमेरिकाका अन्य राज्यहरु भन्दा अत्यधिक काम गर्ने देखाएको छ ।

बिशेष गरि बे क्षेत्र वरपर बसोबास गर्ने मानिसहरु सर्बाधिक काम गर्ने भनि सर्वेक्षण गर्ने प्रतिष्ठान वालेट हबले तथ्यांक निकाली दिएको छ । जस अनुसार क्यालिफोर्निया कै फ्रेमन्ट दोश्रो ,क्यालिफोर्निया कै ओकल्याण्ड छैठौ स्थानमा परेको छ भने अमेरिकाका राजधानी वाशिंगटन डिसी चौथो स्थानमा परेको छ ।

वालेट हबले गरेको सर्वेक्षण अनुसार अमेरिकाका १ सय १६ वटा सर्बाधिक जनसंख्या भएका शहरहरुलाई लिएको थियो । उक्त संस्थाले ९ वटा काम बिशेषता लाई आधार बनाएर उक्त नतिजा निकालेको छ । जस अनुसार औसत हप्ताको काम ,रोजगार दर ,कर्मचारीले छुट्टि लिने समय प्रयोग नगरेको ,दैनिक काममा जाने आदि ईत्यादीमा सर्वेक्षण गरेको थियो ।

उक्त संस्थाले अमेरिकन जनगणना बिभाग ,मजदुर तथ्यांक बिभाग , युएस यात्रा संघ ,ग्यालोप ,सामाजिक बिज्ञान अनुसन्धान परिषद आदि ईत्यादी संग तथ्यांक लिएको मार्केट वाचले लेखेको छ ।

सबै भन्दा अत्यधिक काम गर्ने शहरमा सन् फ्रान्सिस्को ,दोश्रोमा फ्रेमन्ट ,तेश्रोमा जर्सी सिटि न्यु जर्सी , चौथोमा वाशिंगटन डिसी ,पाचौमा न्यु योर्क ,छैठौमा क्यालिफोर्नियाको ओकल्याण्ड,सातौमा बोस्टन ,आठौमा कोलोराडो औरोरा ,नवौमा न्यु जर्सी नेवाक तथा दशौमा क्यालिफोर्नियाको गारल्याण्ड परेको छ ।

यसै गरि बाल्टिमोर १५ औ स्थान तथा टेक्सस कै प्लानो १७ औ तथा फोर्टवोर्थ टेक्सस २० औ स्थानमा रहेको जनाएको छ । कोलोराडोको डेनभर १९ औ स्थान तथा सिकागो १० औ स्थानमा परेको छ ।

सर्वेक्षण का अनुसार केहि सिलिकन भ्याली क्षेत्रमा निशुल्क दैनिक दिवा भोजन समेत गराएर लुगाधुने सुविधा तथा बाल बच्चा (बेबी सिटिंग )खेलाउने लाई पनि त्यहि गराउने व्यवस्था गरेर ढिलो घर पठाउने समेत कार्यालयको रणनीति रहेको तथ्य निकालेको छ ।

अर्को तथ्य के निकालेको छ भने मध्यम वर्गमा अन्य शहरको तुलनामा कमाउने भएता पनि अन्त्यमा अनेक बिजक भुक्तान गर्न समस्या पर्ने र संघर्षमय जीवन भएको उल्लेख गरेको छ ।

सन फ्रान्सिस्को पैसा बचाउन नसकिने सबै भन्दा खराव शहर हो भने सन् जोस अमेरिका कै अल्प खर्च गर्न सकिने शहर भनेको छ । जसमा तपाईको कमाई कम्तिमा २ लाख १६ हजार डलर कमाई भयो भने मध्यम प्रकारको घर किन्न सक्नु हुनेछ ।

यसै गरि अमेरिकाको सन् फ्रान्सिस्को दोश्रो अल्प खर्च गर्न सकिने शहर भएकोले तपाईको आम्दानी १ लाख ७१ हजार डलर कमाई भए पछि मात्र मध्यम घर किन्न सक्नु हुनेछ ।

५४ प्रतिसत केहि कर्मचारीहरु आफ्ना बिदा सुबिधा पनि उपयोग नगरी बस्ने गरेका छन् किनभने यसो गरेमा जागिर गुमाउने भय ले यसो हुन् सक्ने सर्वेक्षणले देखाएको छ ।

वालेटहबका अनुसार न्यु योर्कमा सर्बाधिक समय काम गर्ने पत्ता लगाएको छ भने न्यु योर्कमा औसतमा ४०.३ प्रतिसत हरेक हप्ता काम गर्दछन ।

प्रतिक्रिया