ताजा समाचार :भर्जिनिया स्थित सयुक्त सैन्य संचालन केन्द्रमा संदिग्ध पत्रले ११ जना बिमारी ,केहि अस्पताल भर्ना

इनेप्लिज २०७४ फागुन १६ गते ०:१८ मा प्रकाशित

अमेरिकाको डिसी नजदिक आर्लिंगटन स्थित सैन्य संचालन केन्द्रमा संदिग्ध पत्रको कारण ११ जना बिमारी भएका छन् भने ३ जना लाई अस्पताल पठाईएको छ ।

संदिग्ध पत्र भित्र ज्ञात वस्तु भएकोले त्यसको कारण यस्ता खतरा पूर्ण चिजलाई नियन्त्रण गर्न बिशेसज्ञ टोलि आर्लिंगटन स्थित सयुक्त आधार मायेर – हेनडरसन् सभाकक्षमा पठाई सकिएको छ ।

आर्लिंगटन अग्नि नियन्त्रण बिभागका अनुसार ३ जना को अवस्था स्थिर रहेको जनाएको छ । उक्त पत्र को प्रतिकुल असर बाट नाक बाट रगत आउने र हात जलन भएको पारिवारिक श्रोतले जनाएको छ भने उक्त भवन खाली गरिएको समाचार डब्लुटिओपी ले लेखेको छ ।

यसको कारण अन्य कामहरु पछि सारिएको छ ।

तस्बिर कृतज्ञता : फक्सन्युज

प्रतिक्रिया