गायिका मुना थापा मगर र प्रकाश नेपाली को स्वरमा “बाग्लुङ बजार ” भिडियो सहित

इनेप्लिज २०७४ फागुन १५ गते ११:५६ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डौँ फागुन १५
नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोक दोहोरी ” बागलुङ बजार “नामक गितमा चर्चित गायिका मुना थापा मगर र प्रकाश नेपाली को स्वरमा रहेको छ । खाडि मुलुकमा रहेर पनि गित संगीतलाई निरन्तर अगाडी बढी रहेका कुशल सर्जक शंकर शर्माको लय शब्दमा रहेको सो गितको निर्देशन बबिता श्रेष्ठले गरेकी छन । गाउँ समाजले देख्लान भन्नेर बाग्लुङ बजार भनेर आफनी प्रेमीकालाई झुट बोलेको कुरा गितमा गायकले खोलेका छन । मायामा भावना र मनका भित्रि कुराहरु साटासाट हुने गर्दछ त्यही भावहरुलाई सम्वोधन गदै गितको भिडियो तयार पारिएको छ । सागर गौत्तमको छायाँकन तथा अविनास डिसीको सम्पादन रहेको छ । अहिलेका निकै ब्यस्त मोडल बुद्धविर थापा र सन्चिता शाहिको अभिनय भिडियोमा  देख्न सकिन्छ। वन वे फिल्मको प्रस्तुती रहेको गितलाई म्युजिक नेपालले बजारमा ल्याएको हो  ।
गितको भिडियो हेर्नुहोस

प्रतिक्रिया