बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १२:१४
वासिङटन डिसी 02:29

नासा द्वारा ६ सय ३० जना शीत लहर पीडितलाई कम्बल वितरण

इनेप्लिज २०७४ फागुन १५ गते ०:०० मा प्रकाशित

गत महिना पूर्वी तराईमा आएको शीत लहरले दर्जनौ मानिसको ज्यान लिएको र लाखौ मानिसहरुलाई प्रभावित पारिरहेको बेला अमेरिकामा दक्षिण पूर्व १५ वटा राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था नासाले शीतलहर पिडितहरुलाई कम्बल वितरण गरेको छ ।

अत्यन्तै शीतलहर प्रभावित क्षेत्र रौतहट जिल्लाबाट सुरुवात भएको न्यानो कम्बल वितरण गर्ने कार्यक्रम पर्सा,सुनसरी हुदै पूर्व झापाका ६ सय ३०जना अशक्त, असहाय ,अपाङ्ग र बृद्ध घर परिवारमा वितरण गरिएको जानकारी नासाका सांस्कृतिक फाँटका प्रमुख बिशाल भारतीले बताए ।

दैनिक जसो शीत लहरले बालबालिका र बृद्ध व्यक्तिहरुलाई प्रभावित पारिरहेको समाचार पढि रहदा र अमेरिकाबाट कुनै नेपाली संघ संस्थाहरु सहयोगमा लागि अघि नबढेको बेला नाशाले सुरुवाती १०० वटा कम्बल बाढ्ने उद्धेश्यको साथ सुरुवात गरेको अभियानमा सबै नेपालीहरुको सहयोगले २ हप्तामा हफ्तामा नै ६ सय ३० वटा कम्बल बाढ्न सफल भएको भारतीले बताए ।

एक पछि अर्को सामाजिक कार्य गर्दै आएको नासाले गत महिना मात्रै पप सम्राट ओम बिक्रम बिस्टको उपाचारको लागि रु २ लाख ६० हजार प्रदान गरेको थियो । स्मरण रहोस ,यस अघि पनि नासा सांस्कृतिक फाँटका प्रमुख भारती कै पहलमा कलाकार दिपक छेत्रीलाई उपचारको निम्ति पहिलो फेसबुक फन्ड रेजिंग कार्यक्रम गरि २ लाख सहयोग गरेका थिए ।

त्यस्तै गरेर पूर्वी नेपालमा बाढीले ब्यापक क्षति पुर्याउदा १ हजार १३ घर परिवारलाई रु ७ लाख बराबरको राहत र ७ जना मृतक परिवारलाई रु ५ हजारको दरले सहयोग गरेका थिए ।

प्रतिक्रिया