सोमबार, पुष २ २०७५
काठमाडौं ०८:५४
वासिङटन डिसी 22:09

पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाईनलमा प्रवेश

इनेप्लिज २०७४ फागुन १३ गते १४:१३ मा प्रकाशित

चितवन, फागुन १३ । विभागीय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाईनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको तेस्रो मिनेटमै पुलिसका रेजेन सुब्बाले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, त्यो अग्रता पुलिसले एक मिनेट पनि जोगाउन सकेन । चौथो मिनेटमै मनाङका विदेशी खेलाडी काचीले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

पहिलो हाफमा दुवै टिमले थुप्रै मौका गुमाए । मनाङका विमल रानाले दोस्रो हाफको ९ औं मिनेटमा गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । खेलमा थप गोल हुन नसक्दा मनाङ सेमिफाईनलमा प्रवेश गर्‍यो ।

खेलमा मनाङका गौरव बुढाथोकी म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत भोली (सोमबार) विभागिय टोली त्रिभुवन आर्मी क्लव र फ्रेण्डस क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।

चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।

प्रतिक्रिया