बन्दुक लिएर व्हाइट हाउस को फलामे घेरालाई ठक्कर दिएकि महिलालाई अभियोग लगाइने

इनेप्लिज २०७४ फागुन १२ गते १२:२३ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यकी एक महिलाले गत शुक्रबार फेब्रुअरी २३ तारिख ३ बजे अगाडी आफ्नो सवारी साधनले व्हाइट हाउस को घेरा(बार)लाई सवारी साधनले ठक्कर दिए पछि क्षणिकलाई व्हाइट हाउस बन्द (लक्ड डाउन) गरिएको थियो l

उनलाई बन्दुक सहित पक्राउ गरिएको छ । घटना हुँदा कुनै गोलीबारी नचालिएको गुप्तचर सेवाले जनाएको थियो । यो घटना १७ औ स्ट्रिट (गल्लि ) उत्तर पश्चिममा घटेको थियो ।

जेसिका फोर्ड नामक ३५ बर्षिय टेनेसी लाई फरक फरक आरोप सहित मुद्धा लगाइने भएको छ । उनलाई खतरनाक हतियार,गैर कानुनि बन्दुक ,प्रहरी अधिकारी माथि धावा तथा सरकारी सम्पति को बिनास जस्ता दोषारोपण लगाईने भएको छ ।

उनले व्हाइट हाउस मा उक्त घटना घताउदा राष्ट्रपति ट्रम्प अस्ट्रेलिएन प्रधान मन्त्रि माल्कोम टर्न बुल लाई आतिथ्य गरि रहेका थिए । घटनाको जाचबुझ भै रहदा पनि अस्ट्रेलिएन प्रधान मन्त्रि माल्कोम टर्न बुल त्यहि थिए ।

गुप्तचर सेवा का अनुसार कुनै पनि सुरक्षा निकायका कुनै पनि अधिकारीहरुलाई हानी नभएको उल्लेख डब्लुटिओपीमा समाचार छ ।

तस्बिर कृतज्ञता : एएफपी

प्रतिक्रिया