बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १४:०१
वासिङटन डिसी 04:16

‘एचडिएनपी अन्तराष्ट्रिय’को २३ औ रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ फागुन ६ गते २२:०६ मा प्रकाशित

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )को त्रैमासिक रक्तदान कार्यक्रम अन्तर्गत २३ औ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

फेब्रुअरी १७ तारिख सम्पन्न उक्त रक्तदान कार्यक्रममा १६ जनाले रगतदान गरेका थिए l उक्त रक्तदान कार्यक्रममा ९ जना अमेरिकन तथा ७ जना नेपालीले मूलकाले रक्तदान गरेका थिए l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो भने टेक्ससको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको संस्था हो l

एचडिएनपी अन्तरराष्ट्रियले असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्दछ ।

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ भने गत शिव रात्रीको अवसरमा पशुपतिमा संस्थापक देवी आचार्य डेविड नेपाल पुगेको अवसरमा खाध्य सामग्री वितरण गरेका थिए l

प्रतिक्रिया