बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०१:३४
वासिङटन डिसी 15:49

प्रथम थामडाँडा साँखे महोत्सवमा थामडाडा र बिरुवाबीचको भलिबल फाइनल प्रतियोगिता(भिडियो सहित)

इनेप्लिज २०७४ फागुन ६ गते १२:५७ मा प्रकाशित
पोखरा- तनहुँको शुक्लागण्डकी-११, साँखेमा प्रथम थामडाँडा साँखे महोत्सव सम्पन्न भएको छ । महोत्सव अवधिभर १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र करिब ३२ लाख बराबरको आर्थिक कारोबार भएको आर्थिक संयोजक बसन आलेले जानकारी दिए ।
महोत्वको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगीतातर्फ बालकन्या युवा क्लब प्रथम,थामडाँडा द्धितिय  र नमुना युवा क्लब साँखे तृतिय हुर्दै कमशं ५५ हजार ,३५ हजार र २५ हजारको सागमा कप ,मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यस्तै तनहुँ नृत्य आइडल प्रतियोगीतामा सुनिशा राना आइडल बनेकी छिन् । प्रिया थापा द्धितिय भइन् भने बिना विक. तृतिय र ईश्वरी लम्साल सान्त्वना भइन् । उनीहरुले क्रमशं  १० हजार,७ हजार ,५ हजार र ३ हजार प्राप्त गरे ।भेट्रानतर्फ थामडाँडा युवा क्लब प्रथम र बेलचौतरा समुह द्धितिय भएको छ ।
महोत्वसव अवधिभर विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । हरेक दिन राष्ट्रियस्तरका लोकदोहोरी कलाकारको प्रस्तुतीले साँखे तातेको थियो । साथै साँझमा आयोजना गरिएको स्थानिय व्याण्डहरुको कन्सर्टमा युवापुस्ताहरु रमाए ।महोत्सवमा चर्चित कलाकार शिवहरि ढुङ्गाना ,भिमु गुरुङ ,तारापति सुवेदी,चन्द्रा कार्की ,सीता केसी र माया गुरुङले प्रस्तुती राखेका थिए ।
हेर्नुहोस बालकन्या युवा क्लब बिरुवा र थामडाँडाबिचको फाइनल प्रतियोगिता

 

प्रतिक्रिया