बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’ टेक्सस ड्यालसमा लगातार दुई हप्ता प्रदर्शन हुने

इनेप्लिज २०७४ फागुन ५ गते १५:०२ मा प्रकाशित

विजय थापा ,नायक अनमोल केसी अभिनित बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’ अमेरिकाको टेक्सस राज्यको ड्यालसमा लगातार दुई हप्ता प्रदर्शन हुने भएको छ । अमेरिकाको नेपाली चलचित्र को ईतिहास मै सम्भवत यसरी नेपाली चलचित्र लगातार दुई हप्ता सम्म लगातार प्रदर्शन हुन् लागेको पहिलो पटक हो l

आगामी फेब्रुअरी २३ तारिख बाट लगातार दुई हप्ता सम्म कृ प्रदर्शन हुने भएको छ । १४ दिनमा २१ पटक प्रदर्शन गर्ने समेत समन्यवय गर्ने टेक्सस ड्यालसका प्याट्रिक सुबेदी तथा जिज्ञाशा अर्यालले ईनेप्लिजलाई बताए।

आयोजक नेपाल११ इनटरटेन्टमेन्ट ले गर्ने छ भने चलचित्र ड्यालसको अरभिङ्गको रिचार्डसनमा हुने भएको छ । यसको टिकट दर तथा समय छिटै जानकारी दिइने आयोजकले बताएका छन् ।

चलचित्रको प्रथम आकृतिमा नायक अनमोल केसी लामो कपाल पालेर मुठभेड (एक्सन )अवतारमा देखिएका छन् । अनमोलले यो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेका थिए । अनमोलको यस्तो अवतार यस अगाडिको चलचित्रमा देखिएको थिएन । नेपाली चलचित्रमा प्रेमी केटाको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने युद्ध नायकको रुपमा उदाएका छन् ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको नृत्यकला छ । चलचित्रका निर्माण चित्रकार (प्रोडक्शन डिजाइनर) शंकर पाण्डे हुन् ।

प्रतिक्रिया