विजय थापा ,उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज )ले अन्य संघ/संस्था संग को सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस को आयोजना गर्ने निर्णय गरेको छ ।
हरेक साल मार्च ८ तारिखका दिन बिश्व भर मनाईदै आएको अन्तर्राष्ट्रिय महिला दिवस अमेरिका नेपाल सोसाइटी (समाज )ले आगामी मार्च १० तारिख शनिबारका दिन डिसी क्षेत्रको भर्जिनिया स्थित सेन्टरभिल पुस्तकालमा गर्ने जानकारी संस्थाकी अध्यक्ष प्रभा भट्टराई देउजाले दिएकी छिन् l यसको साथै एएनएस को पहलमा हुने भएता पनि अन्य मुनाफा रहित ७ वटा सामाजिक संस्थाहरु संग को सहकार्यमा हुने अध्यक्ष देउजाले बताईन ।
यसको साथै संस्थाका महासचिव सुदिप पोखरेलले कार्यक्रम दुई चरण गरिएको बताए । उनले अगाडी भने ३ देखि ४:३० सम्म कार्यक्रम हुन्छ त्यस पछि ४:३० देखि ५ बजे सम्म सामाजिक समय (सोसल आवर ) राखिएको जनाए । महा सचिव पोखरेलले वक्ताहरुको लागि काम भै रहेको बताउदै छिटै जानकारी दिने बताएका छन् ।
यसको साथै डिसी क्षेत्र लगायत अन्य संघ/संस्थाहरुमा एएनएन ,आन्वा ,अन्तर राष्ट्रिय कलाकार मंच ,अनेसास डिसी ,एनपीपीए ,एनओए तथा एनआरएन भर्जिनिया शाखा को समेत सकृय सहभागिता हुने छ ।
अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । यो मार्च महिना भर नै मनाइने छ ।
इतिहास
संयुक्त राज्य अमेरिकाको समाजवादी दल (सोशलिस्ट पार्टी)ले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । समाजवादी दलले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो।
यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१०मा समाजवादी अन्तर राष्ट्रियको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकार कतिपय देशहरुमा थिएन।
१९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई मतदान दिने अधिकार दियो।
त्यस समय रुस मा जुलियन पात्रो (क्यालेन्डर )को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर(अंग्रेजी पात्रो )को प्रचलन थियो। यी दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।
प्रतिक्रिया