शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०४:३९
वासिङटन डिसी 18:54

प्रदेश नम्बर ७ को एमाले संसदीय दलको नेतामा प्रकाश शाह

इनेप्लिज २०७४ फागुन ५ गते ९:३४ मा प्रकाशित

कैलालाी, फागुन ५ । प्रदेश नम्बर ७ को एमाले संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध निर्वाचित भएका छन् ।

एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बैकल्पिक केन्द्रीय सदस्य तथा बाजुराबाट प्रदेशसभामा निर्वाचित शाहलाई संसदीय दलको नेतामा निर्विरोध चुनेको हो ।

संसदीय दल नेताका लागि शाहसगै दीर्घ सोराडी, पठानसिंह बोहरा र लिलाधर भट्ट आकांक्षी थिए । यस्तै प्रदेश नम्बर ७ को उपसभामुख माओवादी केन्द्रकी निर्मला जोशी हुनेछिन् ।

माओवादी केन्द्रका प्रदेश ७ का ईन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले दार्चुलाकी प्रदेशसभा सदस्य जोशीलाई उपसभामुख बनाउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया