डिसी मालिस केन्द्रका पुरुष कामदारले यौन दुर्व्यवहार गरेको आरोपमा ५ बर्ष कारागार

इनेप्लिज २०७४ फागुन ५ गते ०:४७ मा प्रकाशित

अमेरिकाको प्रख्यात मालिस केन्द्र एन्भि मसाजका पूर्व कामदारले काम गर्ने क्रममा केही महिलाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा ५ बर्ष कारागार दिइएको छ l

उनले मसाज एन्भि नामक पसलमा आएका ३ महिला ग्राहक माथि प्रथम दर्जाको यौन आक्रमणको प्रयास गरेकोले उनलाई ६० महिनाको सजाय सुनाईएको हो l

मेरिल्याण्ड सिल्भर स्प्रिन्ग्स निवासी हब्तामु गेब्रेसलासी गत डिसेम्बरमा प्रथम दर्जाको यौन आक्रमण गरेकोमा अदालतले ठहर गर्दै दोषी ठहर्याएको थियो l

उनलाई प्रथम दर्जाको यौन आक्रमणको प्रयास तथा दुराचार यौनिक दुर्ब्यबहारको आरोप लगाईएको छ l उनलाई चार वटा अन्य यसैका शाखा रहेका पसलमा पनि यस्तै गरेको यौन दुर्ब्यबहार गरेको आरोप छ l उनले मसाज एन्भि डिसी ,मेरिल्याण्डको बोउई तथा डिसी उत्तर पश्चिममा यस्ता व्यवहार गरेका थिए l

यसको साथै उनले महिलाको संबेदनशिल अंगमा समेत अनुपयुक्त रुपमा हात लगाएका थिए भनि आरोप समेत लगाईएको छ l पिडित महिला ग्राहकले उनले गरेको कुकृत्यको बारेमा स्थानीय संचार माध्यमलाई समेत अन्तर्वार्ता दिएका छन् l

एक पिडित महिलाले उनले अनुपयुक्त रुपमा छोए पछि बाहिर निस्कन साथ आफ्ना पति लाई जानकारी दिदै प्रहरीलाई समेत बोलाएकी थिइन् भनि डब्लुटिओ पी मा समाचार छ l

प्रतिक्रिया