पोखरामा अन्तरास्ट्रिय बैज्ञानिक सम्मेलन सम्पन्न

इनेप्लिज २०७४ फागुन ३ गते १२:०७ मा प्रकाशित

पोखरा, फागुन ३ – सात्विक नेपालको आयोजनामा पोखरामा २ दिने अन्तरास्ट्रिय बैज्ञानिक सम्मेलन बिहिवार सम्पन्न भएको छ । सात्विक नेपालका अध्यक्ष हरि प्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी तथा नास्ट नेपालका उपकुलपति प्रा डा जिबराज पोख्रेलले हिमालय क्षेत्रमा रहेको जडिबुटीको अनुसन्धान र यसको समुचित  प्रयोग गर्न सके आर्थिक उन्नति हुने कुरा लाई नकार्न नसकिने बताउनु भयो। नेपालमा रहेको जडिबुटी र यसको अनुसन्धान गरेर प्रयोग तथा निर्यात गर्न सके देशले आर्थिक लाभ लिन सक्ने र अबको संघीय संरचनाले जडिबुटी अनुसन्धानमा जोड दिनु पर्ने कार्यक्रमका वक्ता हरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय , कृषि तथा वन विश्वविद्यालय, नास्ट तथा पोखरा विश्वविद्यालयको सह आयोजनामा सम्पन उक्त कार्यक्रममा विभिन्न १० देशका १५० जना युवा बैज्ञानिकहरु सहभागी भएका थिए । विभिन्न शिर्षकका १९ जना प्रस्तोताहरुले आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रम फागुन २ र ३ गते पोखराको लेकसाईडमा सम्पन्न भएको डा अमृत पौडेल र डा ढाकाराम भन्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया