भरत कामु मगरको “धादिङ बेशी झरन” भिडियो सहित

इनेप्लिज २०७४ फागुन ३ गते ११:३६ मा प्रकाशित
विराटनगर , फागुन ३
नेपाली लोक तथा दोहोरी गीत संगीतमा  एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन । प्रियसी म्युजिकं प्रालीको प्रस्तुतिमा भरत कामु मगरको  अर्को लोकदोहोरी  “धादिङ बेशी झरन” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गायक प्रेम लामिछाने मगर र सुष्मा तामाङको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ ।गितमा भरत कामु मगर र प्रेम लामिछाने मगरको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भरत कामु मगरको संगित , लय रन्जिता तामाङको रहेको छ । भिडियोमा ओम श्रेष्ठ र रन्जिता तामाङको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बविता श्रेष्ठले गरेकी हुन् भने छायांकन मुकेश हुमागार्इँ र सम्पादन अविनाश डिसीले गरेका छन् ।गितको भिडियोलाई राजन रसायलीको कोरियोग्राफर गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया