भन्जयाङ सालधारी” झदै ओम र टिना भिडियो सहित

इनेप्लिज २०७४ फागुन १ गते २२:३९ मा प्रकाशित
विराटनगर , माघ २९
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दिपेन्द्र मगरको  एक निकै मन छुने लोक दोहोरी गित “भन्जयाङ सालधारी” लाई भर्खरै बजारमा ल्याएको छ । ग्रामिण परिवेशमा मायालु जोडीहरु विचमा भएको वार्तालाभलाई चित्रण गरिएको यस गीतले, नेपाली ग्रमिण अवस्थालाई शब्दचित्रको माध्यमबाट  समेटेको छ ।
गाउँघरमा गाईबस्तु चराउन गएको अवस्थामा भोगेका पिडा र जे जस्तो भएपनि आफु जन्मेकै गाउँघर प्यारो रहेको गितमा ब्यक्त भएको छ । गायिका सम्झना लामिछाने मगर र भिम ज्वलन्त योगी को सुमधुर आवाज गितमा रहेको छ ।
 यस गीतको म्युजिक भिडियोमा ओम श्रेष्ठ र टिना श्रेष्ठ अभिनय रहेको छ । नेपाली संगितिक बजारमा आफनो शब्द दिदै आएका दिपेन्द्र थापाको यस गितमा शब्द तथा संगित र लय रहेको छ  । मर्मस्पर्सी  भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन मुकेश हुमाँगाई ,सम्पादन अविनास डिसी र निर्र्देशन बविता श्रेष्ठले गरेकी हुन ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया