जीवनका रंगहरु ( Colors of Life): उद्धव घिमिरे तथा उर्मिला घिमिरे दाहाल

इनेप्लिज २०७४ फागुन १ गते १:०९ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – अमेरिका को डिसी क्षेत्र नजिक मक्लिन बसोबास गर्ने जोडी उद्धव घिमिरे तथा उर्मिला घिमिरे दाहाल

प्रस्तुतकर्ता सुवास ढकाल :

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

जीवन के हो ?

जीवन संघर्ष हो l संघर्ष बिना को जीवन बेकार हुन्छ l

खुशी के हो?

जीवन संघर्ष पछिको प्राप्ति (फल) नै खुशी हो l खुशीले जीवनलाई सार्थक बनाउछ l

कर्तब्य के हो?

कर्तब्य भनेको काम हो l आफूले सिकेको ज्ञान ,बुद्धि र बिबेकले मद्धत गर्नुलाई हामी कर्तब्य ठान्छौ l

सम्बन्ध के हो ?

सम्बन्ध सकारात्मक र नकारात्मक दुवै हुन्छन l सकारात्मक सम्बन्ध एउटा जीवनको लक्ष्य हासिल गर्ने तत्व हो l

आत्मियता के हो ?

आत्मियता एउटा जीवनको मिलन हो l जव जीवनमा खुशी आउछ l कर्तब्य पुरा हुन्छ र सम्बन्धलाई मजबुत बनाई आत्मियता कायम राख्छ l त्यो जीव नै सार्थक हुन्छ l

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल का लागि विश्राम l सबैको जीवनमा खुशीका रंगहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुन सक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल :

प्रतिक्रिया